सोल – उत्तर कोरियाली ह्याकरहरुले पुन: अमेरिकी बैङ्कका सफ्टवेर ह्याक गरेर पैसा चोरी गर्न सुरु गरेका छन् । ह्याकरहरुले अमेरिकाको मात्र नभई विश्वका अन्य देशशरुका एटिएम प्रविधि ह्याक गरि पैसा लिएको भन्दै अमेरिकी बैङ्कहरुले उत्तर कोरियालाई चेतावनि दिएका हुन् ।
उत्तर कोरियाले गत बर्षबाट बन्द गरेको बैङ्क ह्याकिङ पुन: सुचारु गराए पछि अमेरिकाका ट्रेजरी विभाग र एफबसआईले बिगलब्वाइजका नाममा उक्त चेतावनि जारी गरेका हुन् । उनीहरुले उत्तर कोरियाले चोरी तथा ह्याकिङबाट लिएको पैसा आणविक हतियार परिक्षणमा खर्च गर्ने गरेको समेत बताएका छन् ।
उत्तर कोरियाले ह्याकिङ मार्फत सन् २०१५ यता विश्वभरबाट २ बिलियन भन्दा बढी रकम सङ्कलन गरेको अमेरिकाले आरोप लगाएको छ । अमेरिकी साइबर कमाण्ड विभागका एक अधिकारीले भ्वाइस अफ अमेरिकासँगको कुराकानीमा उत्तर कोरियाले अमेरिकाबाट मात्र बर्षेनी करोडौ रकम ह्याक गरि लैजाने गरेको आरोप लगाएका छन् ।
हाल अमेरिका ह्याकरहरुको बिवरण पत्ता लगाउन लागि परिरहेता पनि उत्तर कोरियाली ह्याकरहरुले विश्वका विभिन्न सर्भरको प्रयोग गरिरहेका कारण उनीहरुका गतिविधि नियन्त्रण गर्न नसकिएको बताएका छन् । तर माईक्रोसफ्टले भने उनीहरुका गतिविधिमाथि शशक्त निगारानी भइरहेको र पत्ता लाग्ने वित्तिकै कडा कारबाही गरिने समेत स्पष्ट पारेको समाचार आजको ‘द कोरियन हेराल्ड’मा प्रकाशित गरिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस