सोल – दक्षिण कोरियाको राजधानी सोल स्थित स्थानिय सरकारले आप्रवासी नागरिकलाई समेत प्रकोप राहत कोषबाट सहयोग गर्ने भएको छ । पछिल्लो समयमा कोरोना महामारीका कारण पिडामा परेका आप्रवासीहरुलाई साहायता गर्ने उद्देश्यले उक्त निर्णय लिइएको सोल महानगरिय सरकारले बताएको छ ।
करिव १६ लाख घरपरिवार रहेको सोल महानगरले विपद ब्यवस्थापनका लागि भन्दै गत मार्चमा ४५७ मिलियन डलर बराबरको विपद व्यवस्थापन कोष खडा गरेको थियो । सोलको औषत आमदानी भन्दा कम आमदानी गर्नेहरुका लागि उक्त कोषबाट राहत सहयोग उपलब्ध गराइने महानगर सरकारले बताएको छ ।
उक्त कोषबाट अघिल्लो पटक शरणार्थि तथा बिवाह गरि आएका बाहेक अन्यले साहायता पाउन सकेका थिएनन् । जुन महिनामा मानव अधिकार आयोगले आप्रवासी नागरिकहरुलाई विभेद गरेको र त्यसो नगर्न सुझाव दिएको थियो सोही सुझाव कार्यान्वयन गर्दै महानगरले निश्चित शर्तहरु राखेर आप्रवासीहरुलाई पनि साहायता उपलब्ध गराउने भएको हो ।
आप्रवासी नागरिकहरुले आगामी अगष्ट ३१ बाट उक्त सहयोगका लागि आवेदन दिन सक्ने छन् । आवेदनका लागि अगष्ट २७ सम्ममा ९० दिन कोरिया बसेको हुन पर्ने छ भने रोजगार तथा नाफामुलक ब्यवसाय गर्ने अनुमति प्राप्त राहादानी हुन पर्ने छ । विद्यार्थि तथा गैरकानुनि कामदारले उक्त योजनामा भाग लिन पाउने छैनन् ।
सरकारले साहायता रकम समेत स्पष्ट तोकेको छ । एक जना मात्र भए २.९९ मिलियन वोन, २ जना भए ३.८७ मिलियन वोन, ३ जना भए ५.६३ मिलियन वोन, ४ सदसीय परिवारलाई ४.७५ मिलियन वोन प्रदान गरिने छ । त्यस्तै ५ सदसीय परिवारलाई ५.६३ मिलियन वोन, ६ सदसीय परिवारलाई ६.५१ मिलियन र ७ अथवा ७ भन्दा बढी सदस्य भएको परिवारलाई ७.३९ मिलियन डलर साहायता गर्ने छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस