सोल – आगामी १५ सेप्टेम्बरमा आयोजना हुने राष्ट्रसंघीय महासभामा उत्तर कोरियामा मानव अधिकारको स्थिति बारे छलफल हुने संयुक्त राष्ट्रसंघको सचिवालयले जनाएको छ ।
संयुक्त राष्ट्रसंघका उत्तर कोरिया हेर्ने अधिकारी थोमस ओज्या क्वन्टिनाले प्रस्तुत गर्ने प्रतिवेदनलाई आधार मानेर राष्ट्रसंघिय महासभाको तेश्रो शत्रमा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले सम्बोधन गर्ने सचिवालयले जनाएको छ ।
संयुक्त राष्ट्रसंघले उत्तर कोरियामा भइरहेका मानव अधिकार हननका घटना बारेको प्रतिवेदन तयार भइसकेको तथा उक्त सम्बन्धमा राष्ट्रसंघमा बहस समेत चलिरहेको जनाएको छ ।
संयुक्त राष्ट्रसंघले सन् २०१४ मा उत्तर कोरियाले गरेका गम्भिर प्रकृतिका मानव अधिकार उल्लङ्घनका घटनालाई लिएर अन्तराष्ट्रिय अपराध अदालत सम्म मुद्दा चलाएको थियो । उत्तर कोरियाले आफू आफ्ना गतिविधिहरुमा सुधार ल्याउने प्रतिवद्दता पश्चात मुद्दा फिर्ता लिइएको थियो ।
यता मानव अधिकार कर्मीहरुले भने उत्तर कोरियाली तानाशाह किम जोङ उन आफणना नागरिकहरु प्रति अत्यन्त गैर जिम्मेवारी रहेको बताएका छन् । उनीहरुका अनुसार किमलाई जनताबारे कुनै वास्ता छैन । हालसालै गएको बाढी प्रभावित जनतालाई कुनै पनि सम्बोधन नगरेको तथा कोरोना संक्रमण नियन्त्रणमा पनि खासै भुमिका नखेलेको आरोप लगाइएको छ ।
पछिल्लो पटक अन्तराष्ट्रिय सहयोगी संस्थाहरुले सहयोग गर्न गरेको प्रस्तावलाई किमले ठाडै अस्विकार गरेका थिए । उनले आफ्नो प्रशाशनलाई कुनै प्रकारको अन्तराष्ट्रिय सहयोग तथा साहायता नलिन ठाडो आदेश समेत दिएका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस