सोल — कोरोना माहामारीबाट लगभग मुक्त भइसकेको दक्षिण कोरियामा पुनः संक्रमण फैलिन थालेको छ । आज दक्षिण कोरियामा कोरोना संक्रमणका ३२४ जना नयाँ विरामीहरु थपिएका छन् । दक्षिण कोरियाली रोग तथा प्रकोप नियन्त्रण केन्द्रका अनुसार उक्त संक्रमण विगत ५ महिना यताकै उच्च हो ।
हाल सम्म दक्षिण कोरियामा कोरोनाका १६६७० जना संक्रमित फेला परेका छन् भने ३०९ जनाले संक्रमणबाट ज्यान गुमाइसकेका छन् । केन्द्रका अनुसार पछिल्लो पटक भेटिएका मध्ये ९ जना विदेशबाट आएका संक्रमित रहेका छन् भने अन्य कोरियाका बिरामी रहेका छन् ।
दक्षिण कोरियाको राजधानी सोल, जियोङ्जी र इञ्चोन लगायतका मुख्य शहरी क्षेत्रमा संक्रमितहरु अधिकतम रुपमा फेला परेका छन् । केन्द्रका अनुसार चर्चसँग सम्बन्धित ७३२ जना संक्रमित यो साता थपिएको पनि केन्द्रले जनाएको छ । उक्त संख्या अझै बढ्ने समेत केन्द्रले जनाएको छ ।
१५ अगष्टमा भएको र्याली पश्चात दक्षिण कोरियाका मुख्य शहरहरुमा कोरोना संक्रमण तीब्र रुपमा फैलिन थालेपछि सरकार आक्रामक रुपमा प्रस्तुत हुन थालेको छ । सरकारले भीडभाड, प्रदर्शन लगायतका गतिविधिहरुमा पुर्ण बन्देज लगाएको छ भने सरकारी निर्देशनको अवज्ञा गर्नेलाई कडा भन्दा कडा कारवाही गर्ने चेतावनी समेत दिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस