सोल – उत्तर कोरियाली शासक किम जोङ उनले आफ्ना केही महत्वपुर्ण अधिकार आफ्नी बहिनी किम यो जोङलाई दिएको दक्षिण कोरियाली जासुस संगठनले जनाएको छ ।
बिहिबार सार्वजनिक गरिएको जानकारी अनुसार किमले दक्षिण कोरिया तथा अमेरिकासँग भईरहेको सम्बन्ध ब्यवस्थापनको जिम्मा आफ्नी बहिनी किम यो जोङलाई हस्तान्तरण गरेका छन् ।
किम जोङ उनमा स्वास्थ्य समस्या थपिदै जानु तथा कार्यभार बढ्दै जाँदा उनमा शारिरीक तथा मानसिक समस्या बढ्न थालेपछि आफ्ना राज्य तथा पार्टी सञ्चालनसँग सम्बन्धित केही महत्वपुर्ण जिम्मेवारीहरु आफ्नी बहिनीमा सुम्पिएको अधिकारीहरुले जनाएका छन् ।
संसदीय समितिसँगको छलफलका क्रममा जासुस विभागले उक्त कुरा बताएको प्रतिपक्षि युनाइटेड फ्युचर पार्टीका सदस्य हा तेई क्युनले बताएका छन् ।
किम जोङ उनले हालसम्म पनि सर्वोच्च शक्ति प्रयोग गरिरहेको तर विगतको तुलनामा आफूसँग भएका अधिकारहरु क्रमश बाँडफाँड गर्दै आएको पनि उनले बताएका छन् । उनले किमले आफ्नी बहिनीलाई शशक्त बनाउनुको मतलव किमको उत्तराधिकारी नै बनाईहालेको भन्ने नभएको समेत बताएका छन् ।
बैठकका क्रममा संगठनका अधिकारीहरुले उत्तर कोरियाको योनब्योन क्षेत्रमा रहेको आणविक कम्प्लेक्स हाल सञ्चालनमा नरहेको समेत बताएका छन् । हाल कोरोना संक्रमणका कारण उत्तर कोरियाको आर्थिक स्थिति खच्कोका कारण उक्त आणविक कम्प्लेक्स बन्द भएको हुनसक्ने समेत बताइएको छ ।
त्यसै गरि नेता किम जोङ उनले सत्तारुढ मजदुर पार्टीको दुर्लभ अधिवेशनको आह्वान गरेका छन् । पार्टीका सर्वोच्च नेता किम जोङ उनले पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकमा अधिवेशनको आह्वान गरेको उत्तर कोरियाली समाचार संस्था केसीएनएले बिहीबार जनाएको छ ।
मुलुकका ‘नीतिगत’ कमजोरीलाई सम्बोधन गर्न र संयुक्त राष्ट्र संघको नाकाबन्दीका कारण ‘रूग्ण’ बनेको अर्थव्यवस्थाको सुधारका लागि नयाँ पञ्चवर्षीय योजना बनाउन अधिवेशन बोलाइएको उल्लेख गरिएको छ ।
प्योंङयाङ स्रोतका अनुसार केन्द्रीय समितिको बैठकले ‘राष्ट्रिय अर्थतन्त्रको सुधारका लागि गम्भीर ढिलाइ भएको’ निष्कर्ष निकाल्नुका साथै उत्तर कोरियाली जनताको जीवनस्तरमा ‘उल्लेखनीय’ सुधार नभएको ठहर गरेको छ ।
बैठकमा किमले कोरियाली प्रायद्वीप वरपरको क्षेत्रमा विभिन्न बिषयमा अप्रत्याशित र अपरिहार्य चुनौतीहरु रहेका बताएको केसीएनएले उल्लेख गरेको छ ।
उत्तर कोरियामा किमको नेतृत्वमा प्रतिबन्धित आणविक हतियार र ब्यालिस्टिक मिसाइल कार्यक्रमहरूको द्रुत विकास भएको भन्दै संयुक्त राष्ट्र सुरक्षा परिषद्, अमेरिका, यूरोपेली संघ (ईयू) र अन्य शक्तिहरूले प्योङयाङमाथि प्रतिबन्ध लगाइरहेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस