सोल – दक्षिण कोरियामा एक साता नबित्दै १५ सय बढी नयाँ कोरोना संक्रमित थपिए पछि सरकार आक्रामक रुपमा प्रस्तुत हुन थालेको छ । सोही क्रममा सरकारले दक्षिण कोरियाको दक्षिणी क्षेत्रमा अवस्थित बुसान क्षेत्रका समुद्रि तटहरु बन्द गर्ने भएको छ ।
कोरोना फैलन सक्ने खतरालाई मध्यनजर गर्दै सरकारले बुसान क्षेत्रको प्रमुख पर्यटकीय क्षेत्र बुसानको ह्युण्डाई बीच लगायतका क्षेत्र आजबाट बन्द गर्न लागेको कोरियाली पत्रीका ‘द कोरिया टाइम्स’ ले जनाएको छ ।
समुद्र तथा माछा उत्पादन हेर्ने मन्त्रालयले आज रातिबाट लागु हुने गरि बुसान क्षेत्रमा रहेका ह्युण्डाई लगायतका ७ वटा अन्य समुद्री किनाराहरु बन्द गर्ने जनाएको हो ।
यता भाईरसको संक्रमण बढे लगत्तै राजधानी सोलमा उच्च स्वास्थ्य सतर्कता अपनाउन निर्देशन दिइएको छ । कोरियाली पत्रीका ‘द कोरियन हेराल्ड’ का अनुसार राजधानी सोल लगायतका क्षेत्रमा १० जना भन्दा बढी व्यक्तिहरुको भेलालाई पुर्ण रुपमा निषेध गरिएको छ ।
इञ्चोन क्षेत्रका समुद्री तटहरु बन्द गरिएको छ भन् दोश्रो श्रेणीको स्वास्थ्य सुरक्षा प्रणाली सुरु गरिएको छ । उक्त प्रणाली अनुसार १०० बढी मानिसको जमघट बन्द गरिएको छ भने मास्क तथा सामाजिक दुरी अनिवार्य गरिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस