सोल – दक्षिण कोरियाको जियोङ्जी प्रान्त सरकारले एक मंगलबार एक सुचना जारी गर्दै मास्क अनिवार्य गरेको छ । कोरोना संक्रमण ब्यापक रुपमा फैलिदै गएपछि सरकारले उक्त नियम अनिवार्य गरृको हो । संक्रमण नियन्त्रण ऐन अन्तरगत उक्त नियम लागु गरिएको प्रान्तका गभर्नर ली जाई म्युङले बताएका हुन् ।
सरकारले साराङ जेइल चर्चमा सहभागी सम्पुर्ण व्यक्तिहरु तथा उक्त चर्चबाट स्वतन्त्रता दिवसमा सरकार विरोधी प्रदर्शनमा सहभागीहरुलाई अनिवार्य रुपमा कोरोना परिक्षण गराउन समेत भनेको छ ।
सरकारले गत मे महिनामा लागु गरेको मास्क अनिवार्य नियम संक्रमण जोखिम बढे पश्चात पुन दोश्रो पटक लागु गरेको हो । करिव १ करोड ३० लाख जनसंख्या भएको उक्त प्रान्तमा कोरोना संक्रमणको त्रास उच्च भए पश्चात सरकारले उक्त निर्णय गरेको गभर्नर लीले बताएका छन् । पछिल्लो लहरमा चर्चसँग सम्बन्धित ४०० बढीमा संक्रमण देखिए पश्चात सरकार चर्चसँग आक्रामक समेत बनेको छ ।
संक्रमण ऐन अन्तरगत यदि सरकारको मास्क अनिवार्य नियम उल्लङ्घन गरेको पाइएमा संक्रमण रोकथाम ऐन अन्तरगत २५०० अमेरिकी डलर जरिमाना गराउने गभर्नर लीले बताए । बाहिरी तथा भित्री जुनसुकै सार्वजनिक क्षेत्रका लागि उक्त नियम लागु गरिएको उनले बताए । ८ र १४ अगष्टमा सरकार विरोधी प्रदर्शनमा सहभागीहरुले कोरोना परिक्षण नगराए १ लाख देखि २० लाख वोन सम्म जरिमाना गराईने सरकारले बताएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस