सोल – दक्षिण कोरियाको रोग तथा प्रकोप नियन्त्रण केन्द्रले हाल भईरहेका गतिविधिहरुलाई तत्काल नसच्याइएमा सिङ्गो स्वास्थ्य प्रणाली नै तहस नहस हुने चेतावनी दिएको छ । केन्द्रका निर्देशक जङ्ग इयोन क्योङले पछिल्ला दिनहरुमा भईरहेका गतिविधिहरुले स्वास्थ्य प्रणाली नै ध्वस्त पार्ने बताएका हुन् ।
चर्चमा भइरहेका भीडभाड बढाउने गतिविधि, राजनैतिक माग सहितका ठूलो संख्यामा भइरहेका जुलुस, अनावश्यक भीडभाड लगायतका गतिविधिले सरकारको कोरोना विरुद्धको लडाइमा त ठेस पुर्याएको नै छ, सिङ्गो देशकै स्वास्थ्य प्रणाली समेत ध्वस्त हुने स्थितिमा पुगेको बताउदै निर्देशक क्योङले समयमै यस्ता गतिविधिहरु माथि नियन्त्रण नगरिए ठूलो दुर्घटना हुने चेतावननी दिएका छन् ।
राष्ट्रपति विरुद्धको जुलुसमा संक्रमणको केन्द्रविन्दु मानिएको चर्चबाट धेरै सहभागी रहेको बताउदै त्यहाँबाट फैलिन सक्ने संक्रमण कल्पना बाहिर हुने उनले बताएका छन् । जियोङ्जी प्रान्तका सैयौँ चर्चहरुमा कोरोना संक्रमण पाइएको बताउदै निर्देशक क्योङले देशले ठूलो स्वास्थ्य दुर्घटना बेहोर्नु पर्ने चेतावनी समेत दिएका छन् ।
हाल सामाजिक दुरीमा ध्यान नदिने, भीडभाड बढाउने क्रम समेत ह्वात्तै बढेका कारण कुनै पनि बेला कोरोना संक्रमण विस्फोट हुन सक्ने जसले सिङ्गो स्वास्थ्य प्रणाली नै ध्वस्त हुने उनले चेतावनी दिएका हुन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस