सोल – उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले कुनै पनि किसिमको बिदेशी साहायता नलिन आफ्ना कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
हाल उत्तर कोरियामा बाढीको प्रकोप आएपछि विश्वका विभिन्न संघसंस्थाहरुले उत्तर कोरियालाई सहयोग गर्नुपर्ने आवाज उठाए लगत्तै किमको यो भनाई बाहिर आएको हो ।
विश्वभर कोरोना माहामारीको कहर चलिरहेको बताउदै त्यस्ता सहयोग स्विकार गर्दा उत्तर कोरियामा कोरोना संक्रमण फैलिन सक्ने सम्भावना उच्च भएका कारण किमले कुनै पनि विदेशी साहायता नलिन निर्देशन दिएको उत्तर कोरियाली सञ्चार माध्यम केसिएनएले जनाएको छ ।
बिहिबार सत्तारुढ वर्कर्स पार्टीको पोलिटब्युरो बैठकमा बोल्दै किमले बाढी पहिरो अल्पकालिन समस्या भएको तर कोरोना भाइरस दीर्घकालिन समस्या बन्न सक्ने बताउदै त्यस तर्फ सबै सचेत रहनुपर्ने उनले बताएका छन् । उक्त बैठकमा बाढी पहिरोको क्षति न्युनिकरण गर्ने उपायबारे छलफल भएको थियो ।
किमले दक्षिण कोरियाबाट मानिसहरु भागेर उत्तर आउन सक्ने बताउदै सिमा क्षेत्रमा पर्याप्त कडाई गर्नुपर्ने बताएका छन् । उनले आवश्यक स्थानहरुमा कडा लकडाउन गरि स्थितिलाई सामान्य बनाउन निर्देशन समेत दिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस