सोल – उत्तर कोरियामा बाढी प्रकोपको प्रभाव बढेको जानकारि त्यहाँ स्थित संयुक्त राष्ट्रसंघका अधिकारीले दिए पश्चात संयुक्त राष्ट्रसंघले बाढी प्रभावित क्षेत्रमा सहयोग गर्न आफू तयार रहेको जनाएको छ ।
यस बर्ष उत्तर कोरियामा अत्याधिक बर्षा भएको तथा बर्षाका कारण बाढीको प्रकोप अच्याधिक भएका कारण हाल उत्तर कोरियामा संकट आएको बताउदै संयुक्त राष्ट्रसंघका प्रतिनिधि स्टेफृन डुजारिकले उत्तर कोरियालाई सहयोग गर्न तयार रहेको बताएका हुन् । उनले संयुक्त राष्ट्रसंघका अधिकारीहरु सहयोगका लागि तयार रहेको र उत्तर कोरियाले अनुरोध गरे लगत्तै तथा सहयोग आवश्यकता महसुस हुने बित्तिकै सहयोग गर्न आफूहरु तयार रहेको बताएका छन् ।
पछिल्ला दिनहरुमा भइरहेको उच्च बर्षा र त्यसले ल्याएको बाढीका कारण धेरै मानिस घरबार बिहिन भएको तथा धानखेती लगाइएको उब्जाउ युक्त जमिन समेत बगाएका कारण हाल उत्तर कोरियामा संकट उत्पन्न भएको राष्ट्रसंघिय अधिकारीको ठहर छ ।
यता दक्षिण कोरियाली एकिकरण मन्त्रालयले पनि उत्तर कोरियाले सन् २००७ को भन्दा ठूलो र भारी बर्षाको सामना गरिरहेको बताएको छ । सन् २००७ को बर्षाले उत्तर कोरियामा ठूलो जनधनको क्षति गराएको थियो । मन्त्रालयले राजनितिक र सैन्य सम्बन्ध भन्दा माथि उठेर उत्तरको यो मुस्किल घडीमा सहयोग गर्न तयार रहेको समेत जनाएको छ । कति र कस्तो सहयोग भन्ने बारे भने मन्त्रालयले उत्तरबाट क्षतिको विवरण आएपछि मात्र बोल्न सकिने बताएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस