सोल – लेवनानको बेरुत शहरमा भएको विनाशकारी विष्फोट पश्चात दक्षिण कोरियामा पनि त्राश फैलिएको छ । दक्षिण कोरियाली शहर बुसानका स्थानिय बासीहरु पछिल्ला दिनहरुमा त्रशित भएका छन् । बेरुतमा जस्तै बुसानको घनाबस्ती भएको क्षेत्रमा करिव १२४० टन एमोनियम भण्डारण गरिएका कारण स्थानियमा त्राश छाएको हो ।
स्थानिय श्रोतका अनुसार उक्त परिमाणको एमोनियम भण्डारण गरिएको स्थलमा प्रवेश, भण्डारण, सुरक्षा लगायतका क्षेत्रमा ब्यापक कमजोरी पाइएका छन् । श्रोतले यदि उक्त लापरवाही जारी राखिएमा बेरुत जस्तै दुर्दशा भोग्नु पर्ने समेत बताएका छन् ।
हाल उक्त एमोनियम सल्फेटको भण्डारण, सिपिङ लगायतका सम्पुर्ण जिम्मेवारी निजी कम्पनिलाई दिइएको तथा ब्यवस्थापन पक्ष कमजोर भएका कारण कुनै पनि बेला दुर्घटना हुन सक्ने अधिकारीहरु बताउछन् । हाल सम्म पनि उक्त क्षेत्रलाई प्रभावकारी नियमन गर्न नसकिदा जोखिम बढेको छ ।
यता उक्त बन्दरगाह सञ्चालकहरु भने बुसानमा बेरुतमा झै खतरा नरहेको बताउदछन् । उनीहरुका अनुसार त्यहाँ भण्डारण गरिने एमोनियम राम्रो सँग प्याकिङ गरिने तथा कुनै पनि सामान १० दिन भन्दा बढी नराखिने हुँदा बेरुत जस्तो खतरा छैन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस