सोल – दक्षिण कोरियाले राजधानी सोल आसपासमा ४००० टन न्युक्लियर क्षमताको लामो दुरीसम्म मार हान्ने तथा प्रतिरक्षा गर्न सक्ने पन्डुवी जहाज निर्माण गर्ने भएको छ । उत्तर कोरियाबाट हुनसक्ने सम्भावित आक्रामणबाट सुरक्षित रहन दक्षिण कोरियाले उक्त पन्डुवी जहाज निर्माण गर्न लागेको हो ।
दक्षिण कोरियाली रक्षा मन्त्रालयका अनुसार उक्त जहाज निर्माणका लागि करिव ३००.७ ट्रिलियन वोन रकम खर्च हुने छ । सन् २०२४ सम्ममा निर्माण सम्पन्न हुने उक्त पन्डुवी जहाज निर्माण मा ६० ट्रिलियन सम्म थप खर्च हुन सक्ने मन्त्रालयले बताएको छ ।
मन्त्रालयका अनुसार उक्त पन्डुवी जहाजले ब्यालेस्टिक मिसाइल बोक्ने छ भने न्युक्लियर रियाक्टर प्रविधि समेत समावेश गरिने छ जसले आणविक हतियार नष्ट गर्न सक्ने क्षमता राख्दछ । यसका लागि दक्षिण कोरियाले अमेरिका सँगको सम्झौता नविकरण गर्नु पर्छ । हालको सम्झौता अनुसार दक्षिण कोरियाले सैन्य प्रयोजनका लागि आणविश शक्तिको प्रयोग गर्न पाउदैन ।
उत्तर कोरियाले दक्षिण कोरियाको सिमा क्षेत्रमा १००० बढी लामो दुरीमा मार हान्न सक्ने हतियार राखेपछि दक्षिण कोरियाले उक्त तयारी थालेको हो । दक्षिण कोरियाले सन् २०३० सम्ममा सम्पन्न हुने गरि ३००० टन क्षमताको ‘लाइट एयरक्राफ्ट क्यारियर’ समेत निर्माण गरिने मन्त्रालयले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस