सोल: उत्तर कोरिया हाल लामो दुरी सम्म मार हान्न सक्ने आणविक मिसाइल उत्पादनमा आक्रामक रुपले लागेको पेन्टागनले जनाएको छ । हाल उत्तर कोरियाले अमेरिका सम्म मार हान्न सक्ने क्षमता भएका शक्तिशालि मिसाइलहरु द्रुत गतिमा निर्माण गरिरहेको अमेरिकाको भनाई छ । उत्तर कोरियाले पछिल्ला दिनहरुमा परिक्षण कार्यलाई समेत तिव्रता दिएको अमेरपकाको भनाई छ ।
अन्तरिक्ष र मिसाइल्स विषयमा आयोजित एक कार्यक्रममा बोल्दै अमेरिकी रक्षा अधिकारी भिक्टोरिनो मर्काडोले उक्त विषय सार्वजनिक गरेका हुन् । उनले अमेरिकाले उत्तर कोरियालाई निशश्त्रीकरण गर्न पर्याप्त कुटनितिक पहल गरिरहेको भएता पनि उसका आणविक गतिविधि बन्द नभएको बताएका छन् ।
कतिपयले उत्तर कोरियाले गर्ने गरेका अधिकांश परिक्षणहरु असफल भइरहेको बताइरहेका बेला उनले भने ति असफलताबाट उत्तर कोरियाले अझ शक्तिशाली हतियार निर्माण गरिरहेको बताएका छन् ।
उनले चीन तथा रसियाको सहयोगमा हाल इरानले पनि आणविक हतियार उत्पादनमा बढावा गरेको बताउदै हाल इरान सँग १००० बढी मिसाइल्स रहेको र तिनले मध्यपुर्वमा हमला गर्न सक्ने समेत बताएका छन् । उनले आवश्यक परेको बेला त्यस्ता मिसाइललाई निश्तेज बनाउने एण्टि मिसाइल प्रविधि अमेरिकासँग रहेको समेत बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस