सोल: दक्षिण कोरिया प्रवेश गर्न चाहाने ९ जना विदेशी नागरिकलाई कोरोना भाईरस नेगेटिभ भएको प्रमाणपत्र पेश गर्न नसक्दा फर्काइएको दक्षिण कोरियाली स्वास्थ्य अधिकारीहरुले बताएका छन् । कोरोना अति प्रभावित देशहरुबाट कोरोना नेगेटिभ प्रमाण पत्र लिएर आएका २२ जनामा कोरोना संक्रमण पाइएका कारण हाल उक्त विषयमा कडाई गर्न थालिएको छ ।
गत जुलाई १३ बाट अगष्ट ३ सम्मको तथ्याङ्क हेर्दा दक्षिण कोरिया प्रवेश गरेका पाकिस्तान, काजकस्तान, किर्गिजिस्तान, फिलिपिन्स, उज्वेकिस्तान लगायतका देशहरुलाई कोरोना अति प्रभावित मुलुकहरुको सुचीमा राखिएको छ । ति देशहरुबाट सोही अवधिमा ५४८ जना कोरिया प्रवेश गरेका थिए जसमध्ये ५१२ जनाले कोरोना नेगेटिभ प्रमाणपत्र बुझाएका थिए । बाँकी ट्राञ्जिट रुटका यात्रु रहेका थिए ।
कोरोना नेगेटिभ प्रमाणपत्र बुझाउने मध्ये २२ जनामा संक्रमण पाइएको थियो । जस मध्ये १८ जनालाई अन अराइभल स्क्रिनिङमा संक्रमित पाइएको थियो भने ४ जना क्वारेन्टिनमा बसेकाहरुमा संक्रमण पाइएको थियो ।
हाल सम्म दक्षिण कोरियाले १५,८९,७८० जनाको पिसिआर परिक्षण गरेको छ । १८७२४ जना परिक्षण नतिजा पर्खिरहेका छन् । हाल सम्म संक्रमणबाट दक्षिण कोरियामा ३०२ जनाले ज्यान गुमाईसकेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस