सोल-दक्षिण कोरियाली डक्टरहरुको संगठन कोरिया मेडिकल एसोसिएसन (केएमए) ले सरकारले मेडिकल स्कुलहरुमा भर्ना संख्यामा गरेको बृद्धीका विरुद्धमा आगामी अगष्ट १४ तारिखमा देशव्यापी आम हड्ताल गर्ने घोषणा गरेका छन् ।
यसबाट देशभरका स्वास्थ्य संस्थामा प्रभाव पर्ने विज्ञहरु बताउछन् ।
आफ्ना जायज मागहरु सम्बोधन गर्न सरकारले कुनै चासो नदिएका कारण वाध्य भएर आन्दोलनमा जानु परेको उनीहरुले बताएका छन् ।
उनीहरुले सरकारले उक्त निर्णय फिर्ता लिनुपर्ने, नयाँ मेडिकल स्कुल निर्माण गर्नुपर्ने, दुर मेडिकल सेवालाइ लागु गर्न नहुने माग राख्दै सरकारलाई दवाव दिइरहेका छन् ।
आन्दोलनरत डक्टरहरुले आफ्ना मागहरु सम्बोधन गर्न सरकारलाई अगष्ट १२ मध्यान्न सम्मको अल्टिमेटम समेत दिएका छन् । सरकारले आगामी १० बर्षमा विद्यार्थी कोटा ४००० पुर्याउने र यसको सुरुवात सन् २०२२ बाटै गर्ने निर्णय गरे लगत्तै उनीहरु आन्दोलित भएका थिए ।
मेडिकल संघमा आवद्ध डक्टरहरुको टोलीले सरकारको उक्त निर्णय हतारमा आएको अपरिपक्व निर्णय भन्दै फिर्ता लिन भनेका छन् ।
यदि समयमा उक्त सरकारी निर्णय फिर्ता नभएमा १४ तारिखमा हड्तालमा जानुको विकल्प नभएको भन्दै त्यसबाट उत्पन्न सम्पुर्ण परिस्थितिको जिम्मा सरकारले लिन पर्ने समेत बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस