सोल: उत्तर कोरियाले कोरोनाखभाइरस विरुद्धको लडाइलाई तिव्रता दिएको छ । दक्षिण कोरियाबाट भागेर आएका उत्तर कोरियाली नागरिकबाट कोरोना संक्रमण फैलन सक्ने सम्भावनालाई मध्यनजर राख्दै उत्तर कोरिया सरकारले राजधानी सोल सहित विभिन्न मुख्य शहरहरुमा सुरक्षात्मक उपाय अपनाउन थालेको छ ।
प्योङयाङ स्थित संक्रमण नियन्त्रण विभागले विभिन्न नाका तथा ट्रान्जिट स्थलहरुमा सुरक्षाका उपायहरु अपनाउन थालेको छ । हाल उत्तर कोरियाका बस तथा रेल स्टेशनहरुमा स्वास्थ्यकर्मी तथा सुरक्षा कर्मीहरुको बाक्लो उपस्थिति देख्न सकिने उत्तर कोरियाली सरकारी समाचार संस्था केसिएनएले जनाएको छ ।
दक्षिण कोरियाबाट भागेर उत्तर कोरिया पुगेका उत्तर कोरियाली नागरिकमा कोरोना संक्रमण शंका लागे पछि उत्तर कोरियाले उनी रहेको गेइसियोङ शहरलाई पूर्ण रुपमा लकडाउन गरेको छ । सत्तारुढ पार्टीले ति व्यक्ति प्रवेश गरेको स्थलका सैनिक उपर कडा भन्दा कडा कारवाही गरिने समेत जनाएका छन् ।
हाल सम्म उत्तर कोरियामा एक जनामा पनि संक्रमण नपाइएको र आफ्नो देश कोरोना फ्री देश भएको दावी उत्तर कोरियाले गरिरहेको छ । यता विश्व स्वास्थ्य संगठनले भने १२११ जनाको कोरोना परिक्षण गरिएको जस मध्ये ६९६ जनालाई क्वारेन्टाइन पठाइएको जानकारी दिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस