सोल: कम्युनिष्ट सरकारको क्रुर शाशन सहन गर्न नसकि दक्षिण कोरिया भागेर आउनेहरुको संख्या उल्लेख्य छ । सुचना अनुसार हाल सम्म करिव ३० हजारको हाराहारीमा त्यस्ता व्यक्तिहरु उत्तर कोरियाली सीमा पार गरि दक्षिण तर्फ आएका छन् ।
सुखी जीवन जिउने तथा प्रजातान्त्रिक मुलुकमा बस्ने सपना सहित दक्षिण कोरिया आएका कतिपयहरु भने पुन: आफ्नो देश फर्कन खोजिरहेछन् । भागेर आएका मध्ये कतिपय भने आफ्नो नयाँ जिवनसँग खुसी नभएका कारण स्वदेश फर्कन चाहान्छन् । यसको पछिल्लो उदाहरण हालै यौटा काँडे तार मुनि रहेको ढलबाट भागेर उत्तर कोरिया पुगेका २४ वर्षिय पुरुष हुन् ।
दक्षिण कोरियाली एकिकरण मन्त्रालयका अनुसार सन् २०१५ यता ११ जना उत्तर कोरियाली नागरिकहरु भागेर स्वदेश फर्किएका छन् । यो तथ्याङ्क दक्षिण कोरियाली सञ्चार माध्यमको आधारमा तयार गरिएको हो । मन्त्रालयका अनुसार १०० बढी उत्तर कोरियालीहरु पुन स्वदेश फर्किएका छन् ।
दक्षिण कोरियाली समाज र संस्कृतिसँग घुलमिल हुन नसक्नु, दक्षिण कोरियाली नागरिकहरुबाट विभेद गरिनु, काम गर्ने पद्दति फरक हुनु लगायतका कारण उनीहरु दक्षिण कोरियामा बस्न असहज महसुस गर्दछन् । समाचार अनुसार त्यसरि पुन: भागेर उत्तर पुग्नेहरुलाई उत्तर कोरियाली सरकारले पहिला प्रोपोगाण्डा बनाउन प्रयोग गर्ने तथा पछि कानुनी कारवाही गर्ने गरिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस