सोल-दक्षिण कोरियाको लगातार घट्दै गएको जन्मदर यस वर्ष पनि घटेको बुधबार सार्वजनिक प्रतिवेदनमा उल्लेख छ। करिब ५ करोड १० लाख जनसंख्या रहेको कोरियामा गत वर्ष (सन् २०१९) मा केबल तीन लाख शिशुको जन्म भएको अधिकारीहरुले बताएका छन्।
कोरियामा पनि हाल विश्वमै सबैभन्दा लामो औसत आयू भएका व्यक्तिहरु छन् तर जन्मदर भने सबैभन्दा न्यून छ। यी दुई पृथक सूचकका कारण कोरियाली जनसांख्यिक संरचनामै ठूलो सङ्कट आउने अवस्था सिर्जना भएको छ।
कोरियाली तथ्याक ब्यूरोले सन् २०१९ मा कूल ३ लाख ३ हजार १०० बालबच्चा जन्मिएको जनाएको छ। अघिल्लो वर्षको तुलनामा यो ७.३ प्रतिशत कम हो।
मुलुकको प्रजनन दर पनि ०.९२ मा झरेको छ। प्रजनन दर भन्नाले एक महिलाले आफ्नो जीवनकालमा अपेक्षा गरेको बच्चाहरूको कूल संख्या हो। यो लगातार दोस्रो वर्ष पनि एकभन्दा कमै छ, र जनसंख्यालाई स्थिर राख्न चाहिने २.१ भन्दा यो निकै कम हो।
परम्परागत सामाजिक मूल्यमान्यता, महिलाहरूमाथि बालबच्चा हुर्काउन सामना गर्नुपर्ने बोझ र आफ्नो करिअरजस्ता अवरोधले कोरियाली महिलालाई बालबच्चा जन्माउन दुरुत्साहित गरेको अध्ययनले देखाएको छ।
सरकारले जन्मदरमा सुधार ल्याउन सन् २००६ यता १ खर्ब ४८ अर्ब अमेरिकी डलरभन्दा बढी खर्च गरिसकेको छ तर सन् २०६७ सम्ममा कोरियाली जनसंख्या ३ करोड ९० लाखमा झर्ने प्रक्षेपण गरिएको छ। सन् २०६७ मा कोरियालीको मध्यम आयू बढेर ६२ वर्ष पुग्नेछ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस