चर्चित युवा कलाकार एनबी गुरुंग जापानको कोबे सहरमा आयोजना गरिएको जलरंग ट्रिनालेमा भाग लिएर फर्केका छन्। नेपालको प्रतिनिधित्व गर्दै जापान पुगेका गुरुंगले नेपाली मौलिक कला प्रदर्शनी गर्नुका साथै सहभागी कलाकारहरुलाई दुईदिने जलरंगको प्रशिक्षण समेत दिएका थिए।
हरेक तीन / तीन बर्षको अन्तरालमा आयोजना गरिने उक्त त्रिनालेमा ३५ देशका १६५ वटा चित्रकला प्रदर्शनीमा राखिएका थिए । प्रकृती, मुहारचित्र, मानव दैनिकी लगायत समसामयीक चित्रहरुको बाहुल्य रहेको उक्त प्रदर्शनीमा सहभागी कलाकारहरुले आ-आफ्नो देशको कला र संस्कृतिको पछिल्लो विकासक्रमलाई देखाउने प्रयत्न गरेका थिए। कार्यक्रमा चित्रकलाको डेमोन्ट्रेसन,यथास्थान चित्र निर्माण र कलासम्बन्धी विविध बिषयमा छलफलको आयोजना समेत गरिएको थियो।
मार्च १२ तारिख देखि सुरु भई मार्च १८ सम्म चलेको उक्त प्रदर्शनीमा चित्रकला अबलोकन गर्नेहरुको ठूलो भिड लागेको थियो। “जापानजस्तो समृद्द देशमा नेपाली कलाकारले आफ्नो कलाको प्रदर्शनी गर्ने अवसर प्राप्त गर्नु सिंगो नेपाल र नेपालीको गौरबको विषय हो” कलाकार गुरुंगले खुसि ब्यक्त गर्दै भने।
कार्यक्रमको समापन पछि जापानको विभिन्न सहरहरु समेत भ्रमण गरेका गुरुंगले नेपाली राजदुतावास टोकियोमा नेपालका राजदुत डा। दुर्गाबहादुर क्षेत्रीसॅग समेत भेटघाट गरेका थिए। उक्त भेटघाटमा दुतावासको पहलमा नेपाली कलालाई जापानमा प्रचारप्रसार र विकास गर्ने भन्नेबारेमा छलफल भएको थियो।
जलरंग समाज नेपालका अध्यक्ष समेत रहेका कलाकार गुरुंगले यसअघि युरोप , कोरिया बंगलादेश, थाईल्याड ईन्डोनेशिया आदि देशमा पुगेर नेपाली कला र कलाकारको प्रतिनिधित्व गरिसकेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस