सोल – दक्षिण कोरियाली प्रसिद्ध पप ब्याण्ड बिटिएस आफ्नो नयाँ गीत ‘डाइनामाइट’ सँगै संयुक्त राज्य अमेरिकाको ‘ बिलबोर्ड हट १००’ को पहिलो स्थानमा उक्लन सफल भएको छ ।
दक्षिण कोरियाली साङ्गितिक इतिहासमा बिलबोर्ड हट १०० को पहिलो स्थानमा उक्लने बिटिएस नै पहिलो ब्याण्ड हो ।
यस अघि पनि दक्षिण कोरियाली गीतहरुले अमेरिकी सांगितिक क्षेत्रमा धमाका मच्चाएका छन् तर बिलबोर्ड हट १०० को पहिलो स्थानमा पुग्ने बिटिएस पहिलो ब्याण्ड हो । यस अधि साइको ‘ग्याङ्नम स्टाइल’ ले सन् २०१२ मा बिलबोर्डको दोश्रो स्थानसम्म उक्लन सफल भएको थियो ।
हाल सम्म उक्त सुचीको पहिलो स्थानमा एसियाबाट जम्मा एउटा गित पुगेको छ । सन् १९६३ मा जापानी गायक क्यु साकामोतोले गाएको ‘सुकियाकी ‘ बाहेक एसियाबाट नै बिटिएस पहिलो ब्याण्ड भएको समेत समाचारमा जनाइएको छ ।
उक्त गितले युट्युबमा समेत तहल्का मच्चाएको छ । प्रिमियरमा नै ३० लाख बढीले हेरेको उक्त गित रिलिज भएको २४ घण्टा नबित्दै १० करोड बढीले हेरिसकेका छन् ।
गितको सफलतालाई लिएर बिटिएस तथा उनीहरुको आधिकारिक कम्पनि बिग हिट इन्टरटेन्मेन्टले सामाजिक सञ्जाल मार्फत सम्पुर्ण दर्शकहरुलाई धन्यवाद दिएका छन् । उनीहरुले गितको सफलताको खुसी पनि सामाजिक सञ्जाल मार्फत नै बाँडेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस