काठमाण्डौँ – चिनियाँ स्वामित्वमा रहेको लोकप्रिय भिडिओ एप ‘टिकटक’ किन्ने अन्तर्राष्ट्रिय प्रतिस्पर्धाले बिहीबार नयाँ मोड लिएको छ।
अमेरिकी बहुराष्ट्रिय रिटेल कम्पनी ‘वालमार्ट’ ले अर्को अमेरिकी सफ्टवेयर कम्पनी ‘माइक्रोसफ्ट’ सँग मिलेर टिकटक किन्न लागेको छ। यसका लागि दुवै पक्षबीच नेगोसिएसन चलिरहेको छ। नेगोसिएसनमा संलग्न अधिकारीहरूले केही दिनभित्रै टिकटकले अन्तिम निर्णय लिने बताएका छन्।
वालमार्टले यसबारे विज्ञप्ति जारी गर्दै भनेको छ, ‘वालमार्ट र माइक्रोसफ्टको साझेदारीले अमेरिकी टिकटक प्रयोगकर्ताहरूको अपेक्षा पूरा गर्नेछ। अमेरिकी नियमन निकायहरूलाई पनि हामी गुनासोको मौका दिने छैनौं।’
टिकटकले यसबारे प्रतिक्रिया दिन अस्वीकार गरेको छ भने माइक्रोसफ्टले पनि कुनै प्रतिक्रिया जनाएन। आर्थिक तथा वित्तीय समाचार प्रसारण गर्ने च्यानल ‘सिएनबिसी’ ले भने वालमार्ट यो नेगोसियनमा संलग्न रहेको समाचार प्रसारण गरेको थियो।
टिकटक र अमेरिकाबीच केही समयदेखि सम्बन्ध बिग्रिएको थियो।
टिकटक सञ्चालन गर्ने चिनियाँ कम्पनी बाइटडान्सलाई सेप्टेम्बर मध्यभित्र आफ्नो सम्पूर्ण अमेरिकी गतिविधि बन्द गर्न ह्वाइट हाउसले निर्देशन दिएको थियो। यसले टिकटक निम्ति खरिदकर्ता खोज्न बाइटडान्स बाध्य भएको हो।
माइक्रोसफ्टले केही सातादेखि टिकटक किन्ने इच्छा देखाउँदै नेगोसिएसन अघि बढाएको जानकारहरू बताउँछन्। सुरूमा माइक्रोसफ्टले थोरै सेयर किन्ने गरी नेगोसिएसन गरे पनि विस्तारै यसले ठूलो रूप लिँदै गएको स्रोतको दाबी छ।
यसबीच अर्को सफ्टवेयर उत्पादक कम्पनी ओर्याकलले टिकटक किन्न नेगोसिएसन सुरू गरेको छ।
टिकटकको सम्भावित खरिद मूल्य २० अर्बदेखि ५० अर्ब अमेरिकी डलर हुने अनुमान छ। प्रतिस्पर्धामा रहेका खरिदकर्तामध्ये सबभन्दा ठूलो नाम माइक्रोसफ्ट नै हो। यो कम्पनीको चालू पुँजी १३७ अर्ब डलर छ भने बजार मूल्य १७ खर्ब डलर छ।
यसअघि बुधबार दिउँसो टिकटकका प्रमुख कार्यकारी केभिन मेयरले पदबाट राजीनामा दिन लागेको बताएका थिए। उनले आफ्ना कर्मचारीहरूलाई पठाएको सूचनामा टिकटक बिक्री गर्न जारी नेगोसिएसन टुंगोमा पुगेको संकेत गर्दै भनेका थिए, ‘एकदमै छिटो कुनै निर्णय हुने अपेक्षा छ।’
बाइटडान्सका प्रमुख कार्यकारी झाङ यिमिङले पनि अमेरिका र भारतमा उत्पन्न मुद्दाहरू सुल्झने दिशामा गएको बताएका थिए। भारतले गत जुन महिनादेखि टिकटकमा प्रतिबन्ध लगाएको छ।
‘म अहिले नै सबै कुरा खोल्न सक्दिनँ, तर हामी सबै समस्या समाधानतर्फ अघि बढेका छौं, जुन टिकटक प्रयोगकर्ता, हाम्रा साझेदार र कर्मचारीहरूको हितमा हुनेछ,’ उनले भने।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस