पोखरा– अन्नपूर्ण गाउँपालिका–८ मा सञ्चालित बिरेठाँटी क्यानोनिङ प्रा.लिले दोस्रो बार्षिकोत्सबको अवसरमा बिबिध साँस्कृतिक कार्यक्रमको अयोजना गर्ने भएको छ ।
प्रा.लिको पहिलो बर्ष पार गरेको अवसरमा आगामी (असोज) ३ र ४ गते साँस्कृतिक सन्ध्याको आयोजना गर्न लागेको सञ्चालक पुर्ण कोने गुरुङले जानकारी दिए ।
उनले कार्यक्रमको मुख्य उद्देश्य पर्यटन प्रर्बद्धन रहेको बताए । गुरुङले भने, ‘एबीसी पदमार्गको रुट यै भएकाले पर्यटन प्रबद्र्धनको लक्ष्यसहित हामीले दोस्रो बार्षिकोत्सबको अवसरमा यो कार्यक्रम गर्न लागेका हौं ।’
उनले कार्यक्रमको पहिलो दिन चर्चित ब्याण्ड ‘डिमर्चा’ र लोकदोहोरी तर्फ काजल गुरुङले माहौल तताउने बताए । गुरुङका अनुसार दोस्रो दिन ‘ब्लाक सिप ब्याण्ड’ र दोहोरी तर्फ अञ्जु रामदानको बिशेष प्रस्तुती रहनेछ ।
उनले ३ र ४ गते बेलुकी ६ बजे देखी मध्यरातको १२ बजे सम्म क्यानोनिङ क्षेत्र सांगितिकमय बन्ने बताए । उनका अनुसार ब्याण्ड तथा गायिकाहरुले दर्जनौ गितहरु प्रस्तुत हुनेछन ।
त्यस्तै अर्का सञ्चालक सुरेश गुरुङले बिगत २ बर्ष यता आन्तरिक र बाह्य पर्यटकले गरी कुल १ हजार बढिले क्यानोनिङको मज्जा लिईसकेको बताए । उनका अनुसार आन्तरिक पर्यटकलाई २ हजार ५ सय र बाह्य पर्यटकलाई ५ हजार शुल्क निर्धारण गरिएको छ ।
उक्त क्यानोनिङमा पुर्ण कोने, सुरेश कोने, बिजय कोने र बिष्णु कोने गुरुङले संयुक्त रुपमा १ करोड ५० लाख बढि लगानी गरेका छन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस