काठमाडौँ : सौन्दर्य प्रतियोगितामा बिचौलिया धन्दा पैसा खाएर बिजेता बनाउने परिपाटी बढ्दै गएको छ l आयोजकहरुले सौन्दर्य प्रतियोगिताको आयोजना गर्ने अनि बिचमा एकजना दलाली गर्ने व्यक्ति राखेर बिजेताको ताजको लागि बार्गेनिङ गराएर पैसाको चलखेल गरि अब्बल प्रतिश्प्रधिलाइ पछि पार्दै पैसा खुवाउनेलाइ बिजेता बनाउने गरेका छन् l आयोजकको लुट् तन्त्रले गर्दा आर्थिक रुपले विपन्न तर प्रतिभाले भरपूर्ण प्रतिस्पर्धीहरुले सहभागीता जनाउन पाएका छैनन् । जो साच्चि नै सामाजका लागी महत्व राख्दछन् । के पैसा हुनेसँग मात्र प्रतिभा हुन्छ ? यदि सबैलाई समेट्न सक्दैन् भने किन आयोजना गर्नू यस्तो प्रतियोगीता ? सौन्दर्य प्रतियोगिताको खास अर्थ बौद्धिकतासँग र प्रतिभासँग जोडिएको हुन्छ । सौन्दर्य प्रतियोगिताले बौद्धिक सुन्दर र प्रतिभावान व्यक्तित्वलाई समाजमा स्थापित गर्ने र सामाजिक दायित्व निर्वाह गराउने अवसर प्रदान गर्दछ । तर, आजभोलि विभिन्न बाहानामा महिनै पिच्छे चौकै पिच्छे हुने ‘सौन्दर्य प्रतियोगिता’ आयोजकको कमाइ खाने भाँडो बनेको तितो यथार्थ बाहिर आउन थालेको छ ।
सौन्दर्य प्रतियोगिता प्रतियोगीहरुको शारीरिक सौन्दर्य केन्द्रित एउटा प्रतिस्पर्धा हो । यस्ता प्रतियोगिता निर्णायक टोलीको मापदण्ड अनुसार प्रतियोगीहरूको व्यक्तित्व, बुद्धि, प्रतिभा, र जवाफ समेतको जाँच गर्ने गरिन्छ । सौन्दर्य प्रतियोगिता वाक्यांश लगभग संधै महिला र किशोरीहरुको लागि मात्र भन्ने बुझिन्छ । पुरुष वा केटाहरूको लागि यस्ता प्रतियोगिताहरु अन्य नामले चिनिन्छ जसलाई शारीरिक प्रतियोगिता भन्ने गरिन्छ तर यस्ता प्रतियोगितमा शारीरिक मात्र नभएर बौद्दिक क्षमतालाइ समेत मुख्य रुमा राखी नाप्ने गरिन्छ ।
सौन्दर्य प्रतियोगिता नेपालमा मात्र नभई संसारभरमा नै गरिने प्रतियोगिता हो l विश्व मानचित्रमा सौन्दर्य प्रतियोगिताको छुट्टै महत्व छ र यसलाई छुट्टै महत्वको साथ पनि हेरिन्छ l तर नेपालको परिबेशमा सौन्दर्य प्रतियोगिताहरु कार्यक्रम आयोजकहरुको ठगि खाने भाडो भएको छ भने सौन्दर्य प्रतियोगिता भित्र पनि घुसखोरी र भ्रस्टचारि प्रवृति मौलाएको छ l मोडलिङ बन्ने चाहना लिएर बसेका युवा युवतीहरुलाई विभिन्न प्रलोभनमा परेर अथवा विभिन्न सपनाहरु देखाएर उनीहरुलाई सौन्दर्य प्रतियोगितामा भाग लिन बाध्य पारिन्छ र अन्तयमा उनीहरुलाई न यताको न उताको पारिन्छ l नेपालमा सौन्दर्य प्रतियोगिताको कुनै माप दण्ड समेत छैन भने अनुगमन गर्ने निकाय पनि छैन l त्यसकारण पनि नेपालमा सौन्दर्य प्रतियोगिताको महत्व घट्दै छ भने सौन्दर्य प्रतियोगिता प्रति नकारत्मक सोचहरु बढ्दै गएको पाइन्छ l
ब्युटी पेजेण्टको नाममा आयोजकहरुले रु, १०,००० देखि २५,००० सम्म ट्रेनीङ फि सुरुमानै उठाउने गरेका हुन्छन भने बीच बीचमा अन्य विभिन्न कार्यको लागि भनेर थप पैसा उठाउने गरेको पाइन्छ l प्रतियोगीहरुलाई विभिन्न झुटा आस्वासन बाढेर धेरै राम्रा राम्रा प्रशिक्षण गराइने भनेर भनिन्छ तर अन्त्यमा सुरुमा भने जति प्रशिक्षण कुनै पनि आयोजकहरुले नगराउने गुनासो पिडित प्रतियोगीहरुले जानकारी गराउछन त्यसको अलावा विजेताहरुको लागि भनेर विभिन्न आकर्षण प्याकेजहरुले लोभ्याएका हुन्छन र कार्यक्रम पछिका दिनमा उक्त आकर्षक प्याकेज तथा कुनै पनि कुराहरु आयोजक सस्थाहरुले दिएका हुदैनन् l नेपालमा सौन्दर्य प्रतियोगितामा ट्रेनीङ गराउने कोरियोग्राफरहरुको पनि कुनै योग्यता भएको पाइदैन न त उनीहरुले सौन्दर्य प्रतियोगिताको सामान्य ज्ञाननै भएका हुन्छन l कोरियोग्राफीको नाममा युवा युवतीहरुलाई झुलाउने, समय बर्बाद गर्ने भन्दा बेसी काम नेपालका सौन्दर्य प्रतियोगिता गर्ने आयोजकले गर्न सकेका छैनन l
नेपालमा मुलुक भर गरेर महिनामा मात्र दर्जनौ भन्दा बेसी सौन्दर्य प्रतियोगिता तथा फेशन सो समेत हुने गरेका छन l जाति बिसेष देखि ठाउ बिसेष देखि विभिन्न नामहरु दिएर आयोजना गरिने सौन्दर्य प्रतियोगिता जसको कुनै औचित्य छैन भने यस्ता प्रतियोगितामा भाग लिने एकदमै थोरै भाग्यमानिले मात्र मोडलिङ क्षेत्रमा क्यारियर बनाएर अगाडी बढ्न सकेका हुन्छन l धेरै जस्तो सौन्दर्य प्रतियोगिताका आयोजकहरुले अन्तिम प्रतिस्प्रधामा पैसाको चलखेल गरेर समेत बिजेता छान्ने प्रवृति अपनाएका छन भने प्रतियोगीहरुलाई ठगि गर्दै ब्यबसाय चलाइरहेका छन l एउटै आयोजकले बर्षमा १२ वटा समेत सौन्दर्य प्रतियोगिता आयोजना गर्दछन भने त्यस्ता आयोजकहरुले कसरि प्रतियोगि तथा बिजेताहरुलाई प्लेटफम दिन सक्छन l
सौन्दर्य प्रतियोगिताको नाममा गलत कार्यहरु गर्ने र गराउने गिरोह समेत आजकल बढ्दै गएको छ l विभिन्न आशा प्रलोभन, अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिताहरुको प्रलोभन, चलचित्र, म्युजिक भिडियो, बिज्ञापन, मिडिया अन्तर्वार्ताहरुको लोभ देखाएर तथा चर्चित बनाइदिन्छु भनेर जालमा फसाएर गलत बाटोमा हिडाउने समेत गरेको यदाकदा सुन्नमा आईरहेको हुन्छ l जसले गर्दा दिन प्रतिदिन सौन्दर्य प्रतियोगिताको गरिमा घट्दै गएको पाइन्छ l
यस्ता सौन्दर्य प्रतियोगितामा नेपालका नाम चलेका सेलिब्रेटी देखि ब्यापारी र समाजसेवी, संचारकर्मीहरु समेत निर्णायकको भूमिकामा बसेको हुन्छन l कोहि अमेरिका जाने सुनौलो सपना बनाएर तथा बिदेशी नागरिकता लिन सजिलो हुन्छ भनेर जजको भूमिकामा बसेका हुन्छन भने कोहि सामाजिक प्रतिष्ठा बढाउन त कोहि निर्णायकको भूमिकामा बसेर आफुलाई मोडलहरुको आकर्षणको रुपमा देखाउन समेत निर्णायक बस्ने गरेका छन l जसलाई सौन्दर्य प्रतियोगिताको बारेमा केहि जानकारीनै छैन मोडलिङ सम्बन्धि ज्ञाननै नभएकाहरु समेत निर्णायकको भूमिकामा बसेर निर्णय गरिरहेका हुन्छन l
यस्ता प्रतियोगिता गर्नेहरु बिरुद्द तथा ठगि गर्ने झुटा आस्वासन बाड्ने तथा गलत कार्यमा संलग्न हुने घुसखोरी भ्रस्टचारि बिरुद्द तपाइँ हामि आफै चनाखो हुनु पर्ने परिस्थिति आएको छ भने अबिभाबकहरुले समेत सोधखोज गर्नु पर्ने समय आएको छ l नेपाल सरकारले समेत यस्ता सौन्दर्य प्रतियोगिता आयोजना गर्नेहरुलाई राज्यको दायरामा लिएर नियमित अनुगमन गर्ने, करको दायरामा ल्याउने तथा आयोजक सस्थालाइ कडा निगरानीमा राख्नु पर्ने देखिन्छ र यस सम्बन्धि हामी सबैले सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु पर्ने देखिन्छ l
यस बिषयमा स्वयम युवा युवती, अबिभाबक, समाज तथा राज्य समेत सजग भएर आवाज उठाउनु पर्ने देखिन्छ भने सौन्दर्य प्रतियोगिताहरुलाई ब्यबस्थित गर्दै गलत कार्यहरु रोक्ने र यस्ता आयोजक सस्थालाई राज्यको मुलधारमा ल्याएर कानुनि दायरा भित्र राखेर मात्र प्रतियोगिता आयोजना गर्न दिने जसले गर्दा राज्यकोषमा समेत नियमित कर दाखिला हुने देखिन्छ र यस्ता प्रतियोगितामा भाग लिने देशका कर्णधार युवा युवतीहरुले समेत सहि मार्गदर्शन पाउने अनि सौन्दर्य प्रतियोगिता तथा मोडलिङ क्षेत्रको भबिष्य राम्रो बन्दै जाने कुरा जानकारहरु बताउछन l
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस