काठमाडौं – नेपाली चलचित्रको बजार सानो छ । बजार सानो भएकै कारण मोटो रकम खर्चेर चलचित्र बनाउन निर्माताहरु डराउँछन् । व्यापारिक घरानालाई नेपाली चलचित्र उद्योगले आकर्षित गर्न सकेको छैन । चलचित्र बनाएर मात्रै पनि हुँदैन । राम्रो समय पारेर प्रर्दशन गर्न सकिएन भने पनि चलचित्रले लगानी नै उठाउन नसक्ने निर्माता तथा वितरकहरू नै बताउँछन् ।
नेपाली चलचित्र नगरीमा फिल्म बनाउन भन्दा पनि प्रदर्शन गर्न गाह्रो हुने गरेको समाचार बाक्लै रूपमा बाहिर आउँछन् ।
यसै विषयवस्तुलाई आधार मानेर थुप्रै कथानक चलचित्र बनिसकेका छन् । तर, पनि समस्या ज्युँका त्यूँ छ । निर्माता तथा वितरकले चाहेको मितिमा चलचित्र प्रदर्शनमा ल्याउन त झनै गाह्रो छ ।
चाडबाड तथा नयाँ वर्षमा चलचित्र प्रदर्शनमा ल्याउन त झनै कठिनाइ छ । यसमा पनि यही मितिमा निर्माता तथा वितरक आकर्षित हुनेगरेपछि झनै समस्या हुने गरेको छ ।
हुन त पछिल्लो दशक नेपाली चलचित्र निर्माणमा आएको बढोत्तरीसँगै नयाँ वर्ष र चाडपर्व मात्रै होइन अरु दिन पनि आशा गरिएका चलचित्र नै एकै दिन लाग्ने गरेका छन् ।
यद्यपि अझै पनि धेरैको रोजाई दसैं, तिहार, माघे सक्रान्ति, वैशाख १ अर्थात् नेपाली नयाँ वर्ष नै हुनेगर्छ । आउँदो वैशाख एकलाई पनि धेरैले आँखा लगाए । तर, प्रदर्शनमा भने तीनवटा चलचित्र मात्रै प्रदर्शनमा आउने भएका छन् ।
‘लब लब लब’, ‘घाम पानी’, र ‘राधे’ ले वैशाख एक गते प्रदर्शन हुँदैछन् ।
वैशाख एक नै किन ?
नयाँ वर्षको पहिलो दिन काठकाडौं बाहिर भने चलचित्रले केही राम्रो व्यापार गर्ने गरेको चलचित्र निर्माता माधव वाग्ले बताउँछन् । “सिंगल थिएटरमा काठमाडौं बाहिर एक गते अरुदिनको तुलनामा केही राम्रो व्यापार गर्छन् । यो दिन शनिबारको जत्तिकै व्यापार हुन्छ,” निर्माता वाग्ले भन्छन्, “काठमाडौं उपत्यकामा खासै असर गर्दैन । अधिकांश नबुझेर पछि लाग्ने मात्रै हुन् ।”
गोविन्द शाही
चलचित्र वितरक गोविन्द शाही वैशाख १ गते चलचित्र लगाउन निकै कठिन हुने गरेको बताउँछन् । “यो दिन धेरैले आफ्नो चलचित्र लगाउन खोज्छन्,” वितरक शाही भन्छन्, “वैशाख १ मा ठूलो व्यानरका चलचित्र बाहेक अरुले त आँटै गर्न सक्तैनन् ।”
वैशाख एक गते अल नेपाल हलहरु हाउसफूल हुने गरेको उनको दाबी छ । “७०/८० वटा हल पाउने चलचित्रले पहिलो दिन नै लगानी रकम ग्रस कलेक्सन गर्छन्,” शाहीले भने, “त्यसैले पनि यो दिनमा सबैको आकर्षण देखिएको हो ।”
गोपाल कायस्थ
चलचित्र वितरक गोपाल कायस्थ राम्रो सिनेमा बनाउन सके जहिले पनि चल्ने बताउँछन् । “चलचित्र तिथि मिति हेरेर हेर्न कोही पनि जाँदैन, नयाँ वर्षमा चलचित्र हेर्न जाने पनि हलमा पुगेर कुन चलचित्र राम्रो छ भनेर हेर्छ,” कायस्थ भन्छन्, “सबै चलचित्र सबै हलमा चल्छन् भन्ने पनि छैन । मल्टिप्लेक्समा र सिंगल थिएटरमा चल्ने फिल्म फरक फरक हुनछन् । एक गते चलचित्र चल्छन् भन्ने भ्रम मात्रै हो ।”
ऋषी लामिछाने
राम्रो चलचित्र भए नयाँ वर्षको पहिलो दिन प्रदर्शनमा आएको चलचित्रलाई फाइदा पुग्ने तर सामान्य चलचित्रलाई भने यो मितिले खासै अर्थ नराख्ने निर्देशक ऋषी लामिछाने बताउँछन् ।
“राम्रो चलचित्र बनेको खण्डमा भने नयाँ वर्षमा अरु दिनको तुलनामा धेरै व्यापार गर्छ,” निर्देशक लामिछानेले भने,” २०७२ सालको पहिलो दिन मेरो हवल्दार सुन्तली गोपीकृष्णमा तीन शो मा ६ वटा हलमा हाउस फूल भएको थियो । काठमाडौं उपत्यका बाहिर पनि चलेको थियो ।” हवल्दार सुन्तली ०७१ साल चैत २६ गते रिलिज भएको थियो ।
राम्रो चलचित्र रिलिज भए अन्य दिनको तुलनामा केही राम्रो व्यापार गर्ने उनको भनाइ छ । तर, त्यसले अन्य दिनको व्यापारमा भने खासै असर नगर्ने निर्देशक लामिछाने बताउँछन् ।
दीपेन्द्र के खनाल
युवा निर्देशक दीपेन्द्र के खनाल वैशाख एक गते नै चलचित्र लगाउनुपर्छ भन्ने मान्यता राख्दैनन् । “यो प्रदर्शनको विषयबारे म धेरै जानकारी राख्दिनँ” निर्देशक खनाल भन्छन्, “यो वर्ष वैशाख एक गते विदाको दिन परेकाले पनि यो मितिले खासै अर्थ राख्छ जस्तो लाग्दैन । तर, एक गते अरुबार पर्यो भने दुई दिन विदाको दिन पर्दा भने केही फाइदा हुन्छ होला ।” दर्शकलाई मितिले भन्दा पनि चलचित्रले मात्रै ‘होल्ड’ गर्न सक्ने उनको भनाइ छ ।
‘लब लब लब’, ‘घाम पानी’, ‘राधे’
निर्देशक खनालको चलचित्र ‘लब लब लब’ पनि वैशाख एक गते रिलिज हुँदैछ । उनले सुरज पाण्डे र स्वस्तिमा खड्का मुख्य भूमिकामा छन् । लब स्टोरी जानराको चलचित्र सामान्य लभस्टोरी भन्दा फरक रहेको निर्देशक खनालले बताउँदै आएका छन् ।
यही दिन रोजे डेब्यू निर्देशक दीपेन्द्र लामाले पनि आफ्नो चलचित्र ‘घाम पानी’ प्रदर्शनका लागि । दयाहाङ राई र केकी अधिकारी मुख्य भूमिमा रहेको चलचित्रले अन्तरजातीय विवाहका विषयलाई उठाएको छ ।
जगदिश्वर थापा निर्देशित चलचित्र राधे पनि ‘राधे’ वैशाख एक गते नै लाग्ने भएको छ । निखिल थापा र प्रियंका स्टार चलचित्र एक्शनप्रधान रहेको छ । सशस्त्र जनयुद्धमा वेपत्ता पारिएका नागरिक अहिलेसम्म पनि खोजि नभएको र भेटिएकाले पनि सम्मानजनक व्यवहार नपाएको कथा नै राधेको मुख्य कथा हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस