सोल -अहिले कोरियामा मध्ये जाडो यानकी माइनस १५ सम्म पुग्ने गरेकोछ, जसले मानिसहरुलाई हिड्न दुल्न काम गर्न एकदमै कठिनाई भैरहेकोछ। तर यस्तो जाडोमा पनि यहाको माहोल भने तातिरहेको छ। कोरियाली नया वर्ष सलनालको उपलक्ष्यमा ३-४ दिन बिदा हुने गर्छ, जसको फाइदा उठाउदै यहाँ विभिन्न पेशामा आबद्द नेपालीहरुको संघ संस्थाले नेपाल बाट कलकारहरु झिकाई सांगीतिक कार्यक्रम गर्ने गरेकोछ।
यसै अबसारमा यसपालीको जाडो लाई सांगीतिक माहोलले तताउन कोरियाको प्रतिष्ठित संस्था किराँत राई यायोक्खा दक्षिण कोरिया ले पनि दुई ठुला बृहत सांगीतिक कार्यक्रम गर्न लागेका छन् । जसका लागि नेपालबाट झिकाईएका चर्चित कलाकारहरु बुधबार विहान कोरिया आइपुगेका छन् । अहिलेका बहुचर्चित भर्सटायल गायक राजेश पायल राई, गायिका तथा उघोषक र संचारकर्मी कोमल ओली, गायिका मिलन अमात्य, प्रिती आले , डान्सर रञ्जिता लिम्बु र हाँख्याकलाकार राजा राजेन्द्र पोख्रेल कोरिया आइपुगेका हुन् । कलाकारहरुलाई रिसिभ गर्न किराया दक्षिण कोरियाका अध्यक्ष बालकृष्ण बान्तवा, किराया दक्षिण कोरियाका सल्लाकार लोचन राई किराया बुसान शाखाका उपाध्यक्ष दोस्तिहाङ राई लगायतको टोली इन्छन् विमान स्थल पुगेका थिए ।
किरात राई यायोख्खा दक्षिण कोरिया बुसान शाखाले दुर्गम पहाडी भेगको बिध्यार्थी बालबालिकाहरुको लागि सहयोगार्थ भन्दै जनवरी २७ मा यलम्बर साङ्गितिक सौगात भाग-१, जनवरी २७ मा र सुम्निमा घर (सेल्टर) स्थापनाको लागि किराया दक्षिण कोरिया सौल केन्द्रले सुम्निमा साङ्गितिक सौगात भाग-३, जनवरी २८ मा गर्न लागेको हो।
नेपालबाट आएका कलाकारहरु जनवरी २७ तारिख बुसानको कार्यक्रमको निम्ति बुधबार विहनै विमानस्थल बाटै बुसान प्रस्थान गरिएको किरात राई यायोख्खाका अध्यक्ष बालकृष्ण बान्तवाले बताए।जनवरी 27 को यलम्बर साङ्गितिक सौगात कार्यक्रम सम्पन्न पश्चात कलाकरहरु २८ सौल सुम्निमा साङ्गितिक सौगातको लागि प्रस्थान गर्ने पनि अध्यक्ष राईले जानकारी दिएका छन्।
मिति: जनवरी २८, २०१७
समय: ठिक १ बजे
स्थान: फेग जुन्योन किन्योम ग्वान (छुन्गो ओगा, सौल)
जाने तरिका: सब वे लाईन नं-१ छुन्गो ओगा( छुन्गो ओगा स्टेसन गेट नं-२ बाट हिडेर ५ मिन, अथवा तुङ्ग्देमुन गेट नं. १,२,३ बाट हिडेर १५ मिनेट
२. यलम्बर साङ्गितिक सौगात भाग-१,
मिति: जनवरी २७, २०१७
समय: ठिक १२ बजे
स्थान: मिन्जु खोङ्वन(डेमोक्रेसी पार्क) बुसान स्टेसन
जाने तरिका: छिहाछल एक नम्बर लाइन बुसान स्टेसन, सात नम्बर गेट बाट नि
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस