सोल – किराँत राई यायोक्खा दक्षिण कोरियाले “दीर्घकालीन तथा ब्यवस्थित सुम्निमा घर (सेल्टर) निर्माण सहयोगार्थ” कोरियाली नयाँ बर्ष सलनालको उपलक्ष्यमा जनवरी २८ तारिकका दिन आयोजना गर्न लागेको सुम्निमा सांगीतिक सौगात भाग-३ को तयारी तिब्र पारेको छ |
कोरियामा नेपाली कामदारको संख्या दिनानुदिन बढ्दो सँगै बिभिन्न समस्याहरु पनि बढिरहको छ बिशेष त कम्पनी परिबर्तनको बेला बस्नेको अशुबिधालाई मध्य नजर गर्दै बिरामी र महिलाको लागि छुट्टा-छुट्टै कोठा भएको ब्यवस्थित सुम्निमा घर (सेल्टर) निर्माणको लागि सहयोगार्थ उक्त कार्यक्रम गर्न लागेको कुरा कार्यक्रमको संयोजक लोचन राईले जानकारी दिए |
कोरियामा यस्ता सेल्टरहर धेरै भए पनि बिरामी र महिलाको लागि छुट्टै ब्यबस्थित र सुबिधाजनक सेल्टर नभएकोले यो नै पहिलो पटक कोरियामा यस्तो सेल्टरको निर्माण गर्न लागेको र किराँती संस्कृति सम्वन्धीको कलाकृति, भेष भूषा र बाजागाजाहरु पनि सँगै राखिने भएको हुँदा सुम्निमा घरको नामकरण गरिएको संस्थाले जनाएको छ |
उक्त कार्यक्रमलाई भब्य बनाई दर्शकहरुलाई भर पुर मनोरञ्जन दिनका लागि नेपालका बहुचर्चित तथा नव प्रतिभाका कलाकारहरु आउने भएका छन |
अहिलेका बहु चर्चित भर्सल टाईल गायक: राजेश पायल राई, स्वीट भोईस: मिलान आमात्य, चर्चित लोक गायिका तथा उदघोषिका: कोमल ओली, चर्चित हास्य कलाकार: राजा राजेन्द्र पोखरेल, दोहोरी गायिका: प्रीति आले मगर, चर्चित डान्सर तथा मोडेल: रंजीता लिम्बु, चर्चित गायिका: कला राई, र अन्य नव प्रतिभाका कलाकारहरु: मीना राई, भीम लिम्बु, राजेश राई रहेका छन।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस