काठमाडौं- भारतीय टेलिभिजन च्यानल कलर्सबाट प्रसारण भइरहेको डान्स रियालिटी सो ‘झलक दिखलाजा’को फाइनलमा पुगेकी नेपाली कलाकार तेरिया फौजा मगरलाई जिताउन परिवारले आह्वान गरेको छ।
नेपालमा मोबाइलबाट भोटिङ गर्न सम्भव नहुने भएकाले कलर्स च्यानलको आधिकारिक वेबसाइटबाट भोट दिन आग्रह गरे। जनवरी १४ बाट सुरु भएको भोटिङ आगामी बिहीबार राति ९ बजेसम्म खुला रहनेछ।
तेरियालाई भोट गर्न मोबाईलको म्यासेज बक्समा गएर ‘TER’ टाईपगरी ‘५६८८२’ मा पठाउन सकिनेछ । तर यो सुविधान भारतबाट मात्र गर्न सकिनेछ । भारतीय सिम कार्डबाट भोट गर्न सकिनेछ । एकैसिम कार्डबाट एक सय पटक सम्म गर्न सकिनेछ ।
त्यस्तै नेपालबाट तथा अन्य देशबाट अनलाईन मार्फत भेट गर्न सकिनेछ । त्यसको लागि कलर्स टिभिको www.colorstv.com/jhalak http://www.colorstv.com/mena/jhalak-dikhhla-jaa/ लिंकमा गएर क्लिक गर्ने, यसपछि होम पेजको दाँयातिर भोटिङमा क्लिक गरेपछि तेरिया लगायत अन्य तस्विरहरु देखिन्छन्। यसको ठिक माथि लग इन भन्नेमा गएर पुनः किल्क गर्ने । त्यसपछि फाइल खुल्छ त्यहाँ फेसबुक, ट्विटर र ईमेल आफूले कुन माध्यम मार्फत तेरियालाई भोट गर्ने हो निश्चित भएर भोट दिन सकिनेछ । एउटा अनलाइन पिसीबाट पनि एक सय पटकसम्म भोट गर्न सकिनेछ |
‘झलक दिखलाजा’मा भारतमा रहेका सेलिब्रेटीको मात्र सहभागिता छ। यो सोमा तेरियाको जोडीका रुपमा आर्यन छन्। फाउन्डेसनका अनुसार प्रतियोगिताको फाइनल आगामी शनिबार अर्थात् जनवरी २१ मा मुम्बईमा हुँदै छ।
तेरियाले सन् २०१२ मा भारतकै अर्को टेलिभिजन च्यानल जिटिभीको डान्स रियालिटी ‘डिसिजन ३’को शीर्ष उपाधि जितेकी थिइन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस