सोल – स्याङ्गजा परिवार दक्षिण कोरियाले सलनालमा आयोजना गर्ने ऑधीखोला सांगीतीक सौगात -५ का लागि कलाकारहरुको छनोट र हलको स्थान निश्चित गरिएको छ । सलनालको दोश्रो अर्थात् जनवरी २८ मा गरिने सांगीतिक प्रस्तुतिका लागि परिवारले नेपालबाट आधा दर्जन कलाकार भित्र्याउन लागेको छ भने कोरियामा रहेका कलाकारहरुको पनि प्रस्तुति रहने जानकारी गराईएको छ ।
स्याङ्गजा परिवारले नेपाली समुदायलाई मनोरञ्जन प्रदान गर्न चर्चित कलाकारलाई कोरियामा निम्त्याउने निर्णय गरेको छ । परिवारले टुङ्गो लगाएका कलाकारहरुमा सागीतिक र हाँस्य क्षेत्रमा चर्चित अनुहारहरु छन । संग्बुक कुमिन यसंग ह्य्वेग्वान (गत बर्ष गोरखा परिवारले कार्यक्रम गरेको हल ) मा परिवारले सांगीतिक कार्यक्रम राखेको छ ।
स्याङ्गजा परिवारले निम्त्याउने कलाकारमा चर्चित मोडल तथा डान्सर एलिसा राई ,सुगम तथा गजल गायक शिव परियार ,पप तथा आधुनिक गायिका आस्था राउत छन । त्यस्तै लोक दोहोरी गायक शिव हमाल र लोक दोहोरी गायिका कृष्णा गुरुङ र हाँस्यकलाकार निर आलेमगर छन । लुट -२ फिल्म मार्फत रजतपटमा दरिलो उपस्थिति देखाएकी डान्सर एलिसा राईले ठमेल बजार गित मार्फत दर्शकको वाहवाही बटुल्ने छिन । गत एक महिनाको समयावधिमा राईको नाच रहेको ठमेल बजार गित यु ट्युबमा ४२ लाख बढी दर्शकले हेरेका छन् । सुगम तथा गजल गितहरुमा स्रोताको मन जित्न सफल शिव परियार मनोरंजनका अर्का आकर्षण हुनेछन ।
युवा पुस्ताको संगीतको प्यास मेटाउन पप तथा आधुनिक गायिका आस्था राउतले स्टेज तताउनेछिन । दोहोरी पारखीहरुका लागि स्टेजमा अनवरत दोहोरी घम्साघम्सी खेलेर शिव हमाल र कृष्णा गुरुङले भरपुर मनोरंजन दिनेछन । पछिल्लो समय हास्यव्यंग्यमा जमेका कलाकार निर आलेमगर कार्यक्रमको थप रौनक निर आलेमगर हुनेछन् । आधिखोला सांगीतिक सौगात बिगतका भागहरु जस्तै यो पटक पनि शानदार रहनेमा सस्कृति बिभाग संयोजक सिपि मगर ढुक्क देखिए ।
स्याङ्गजा परिवारले ऑधीखोला सांगीतीक सौगात -५ सफल बनाउन मूलआयोजक समितिको मातहत रहने गरी उपसमितिहरु गठन गरेको छ । उपसमितिहरुमा हल ब्यबस्थापन , संस्कृति बिभाग , प्रचारप्रसार , आर्थिक ब्यबस्थापन रहेका छन । परिवारले गठन गरेका अन्य उपसमितिहरुमा अतिथि सत्कार, स्वमसेवक परिचालन र यातायात ब्यबस्थापन छन ।
यसै बीच सांगीतिक सौगातलाई सफल बनाउन स्याङ्गजावासीहरुको आगामी आइतबार नेपाल हाउसमा तयारी बैठक डाकिएको स्याङ्गजा परिवारका अध्यक्ष राजु भण्डारीले जानकारी गराएका छन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस