नेपालमा धेरैजसोले विवाहपछि मात्र यौन सम्पर्क स्थापित गर्दछन् भन्ने कुरा विभिन्न अध्ययनबाट प्रस्ट भएको छ। तथापि, शहरीकरण, औद्योगिकीकरण तथा उच्च शिक्षासँगै विवाहपूर्व यौन सम्बन्ध राख्नेको संख्या बढेको छ। त्यसैले पहिलो यौन सम्पर्क र सुहागरातको यौन सम्पर्क अलिकति फरक छ ।
किशोरावस्थामा पुगेसँगै विशेषतः विपरीत लिंगीसँग यौन सम्पर्क राख्ने चाहना हुन्छ । तर, वैवाहिक स्थितिमा जसरी सामाजिक तथा कानुनी तवरमा यौन सम्पर्क राख्न छुट छ, अन्य बेला यस्तो किसिमको स्वतन्त्रता हुँदैन । विवाहपूर्व यौन सम्पर्क राखेपछि तुलनात्मक रूपमा पुरुष यौनसाथीले धोका दिने गरेको हुनाले विशेषतः प्रेमिले सम्बन्धमा रहेका जोडीले लिंग योनि सम्पर्कलाई विवाहपछिको लागि साचेर राख्नु बुद्धिमानी हुन्छ ।
तर, पनि विशेष परिस्थितिवश वा दुवैको सहमतिमा यौन सम्पर्क राख्न नसकिने भने होइन । मानिसमा कौतुहलता हुन्छ । ऊ नयां अनुभव संगाल्न चाहन्छ । यस क्रममा पहिलो पटकको यौन सम्पर्क आफ्नो प्रेमिका, चिने जानेका वा व्यावसायिक यौनकर्मीसँग हुनसक्छ ।उचित यौन शिक्षा एवं प्रजनन अंगको विस्तृत जानकारीको अभावमा पहिलो पटकको यौन सम्पर्क धेरैजसोका लागि त्यति सफल र सुखदायी हुँदैन । डर, त्रास, हतार, हतास तथा असुरक्षित वातावरणमा यौन सम्पर्क राख्नु पर्दा यौन सम्पर्क पूर्वको तयारीमा खासै ध्यान जाँदैन।
विवाहपूर्वको यौन सम्पर्क
विवाहपूर्व यौन सम्पर्क राखिएको कुरा थाहा पाउन गाह्रो छ। पुरुषलाई महिलाको यौनांगबारे सामान्य जानकारी हुने भए पनि आफ्नै यौनसाथीको योनिको बनावट र स्वरूप यस्तै थियो भन्ने थाहा हुँदैन। त्यसैले सामान्य तवरले यौन सम्पर्क राखिसकेको अथवा नराखेको योनि छुट्याउन गाह्रो हुन्छ। हाइमेन (योनिच्छद) को आधार लिन सकिन्छ तर यसको क्षति अन्य कारणले पनि हुनसक्छ भन्ने हेक्का राख्नुपर्छ।
कौमार्य भंग भए पनि लचिलो योनिच्छद नच्यातिएको हुनसक्छ भने यौन सम्पर्क वेगरको अन्य शारीरिक क्रियाकलाप (साइकल चढ्दा, घोडा चढ्दा, खेलकुद) ले पनि पातलो योनिच्छद च्यातिएको हुनसक्छ। धेरैजसो विवाहपूर्वका यौन सम्पर्क योजनाबद्ध नहुन सक्छन्। यसका कारण प्रजनन जटिलता भने निम्तिन सक्दछ ।
सफल यौन सुखका लागि सम्भोगको सही व्यवस्थापन गर्नुपर्छ। सम्भोग व्यवस्थापनको क्रममा कतिपय कुरामा ध्यान दिनुपर्छ। जस्तै कि तनावरहित अवस्थामा मात्र यौन सम्पर्क गर्ने, अनावश्यक दबाबका बेला यौन सम्पर्क नराख्ने, गोप्यताको निश्चितता तथा एकान्त वातावरणमा मात्र यौन सम्बन्ध राख्ने, हतार वा थकानपछि क्रमशः शीघ्र वा ढिलो स्खलनको समस्या हुनसक्छ त्यसैले यथेष्ट आरामपछि पाकक्रीडामा पर्याप्त समय दिई यौन कार्य गर्ने, थप मादकता दिने हुनाले हल्का संगीत बजाउने त्यसै गरी दुवैका लागि स्वीकार्य पफ्र्युम लगाउने, मधुरो प्रकाशको व्यवस्था गर्ने, डर, चिन्ता र थकान मेटाउने हुनाले दुवैले हल्का मद्यपान गर्ने, यौन कार्यको केही घण्टाअघि हल्का मिष्ठान्न भोजन गर्ने, यौन कार्यअघि र पछि शारीरिक सरसफाईमा ध्यान दिने ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस