रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर काठमाडौँ : आजभोली जाडो निकै बढ्दै गहिरहेको छ। जाडोयाममा छाला रुखो र सुख्खा हुने गर्छ। यसकारण हामीले आफ्नो छालाको राम्रोसंग ख्याल राख्नु पर्छ । कसरी गर्ने त स्किनको हेरचाह ?
जाडो मौसम सुरु भएसँगै छालामा विभिन्न समस्या उत्पन्न हुन्छन् । विशेषगरी जाडो याममा छाला सुख्खा हुने,फुट्ने,खस्रो हुने लगायतका समस्या देखा पर्छन् । जाडो महिनामा छाला बिग्रनुका प्रमुख कारण भनेको चिसो हावा, पानी कम पिउनु, फलफूल र हरियो सागसब्जी धेरै कम खानु वा खाँदै नखानु मुख्य कारण हुन् ।
यस्तै, अनुहारमा क्रिम लगाउन अल्छी मान्नु, फेसियल नगर्नु, छाता नओढी हिँड्नु पनि छाला बिग्रनुका कारण हुन् । यस्तै,वाहिरी चिसो र भित्री तातोको सन्तुलन नमिल्दा पनि त्यसको प्रभाव छालामा देखिन्छ । त्यसैले जाडो मौसममा छालालाई सुरक्षित राख्न तथा अनुहारमा चमक ल्याउन सके सम्म आफै साबधान हुनुपर्छ ।
छालामा सुख्खापन देखिन थाले दिनहुँ २–३ पटक मोइस्चराइजर लगाउनुपर्छ । सुख्खा छालामा वाटर बेस क्रिम वा मोइस्चराइजर लगाउन सकिन्छ भने बडी लोसन वा ओलिभ तेल पनि उपयुक्त हन्छ । जाडो मौसममा कोल्ड क्रिम वा एसपीएफ युभी प्रोटेक्सन क्रिम लगाउनुपर्छ। मोइस्चराइजर आफ्नो छालाअनुरूप प्रयोग गर्नुपर्छ । जाडोमा हल्का मेकअप गर्नुपर्छ । आँखालाई सुहाउने हल्का कलरको आइस्याडो लगाउने । जाडो मौसममा अनुहार ड्राई हुने हुँदा कम्प्याक्ट पाउडर लगाउनु हुँदैन । जाडोमा मिनिरल मेकअप उपयुक्त हुन्छ ।
जाडोमा चिसो हावाले शरीरको देखिने भाग र हात–खुट्टाको छाला फुट्छ र सुख्खा हुन्छ । त्यसैले अनुहारका साथमा हात–खुट्टाको पनि विशेष ध्यान पुर्याउनुपर्छ । हातखुट्टालाई मनतातो पानीले सफा गरेर मोइस्चराइजर वा ह्यान्ड तथा फुट लोसनका साथमा सुत्नुअघि ग्लिसरिन लगाउनुपर्छ । जाडो मौसममा पनि धेरै तातोपानीले ननुहाउने । यसले स्किनलाई सुख्खा बनाइदिन्छ । जाडोमा केमिकलयुक्त साबुन तथा क्लिन्जरबाट जोगिनुपर्छ । एलोबेरा वा ग्लिसरिनयुक्त ओयल बेस साबुन प्रयोग गर्न सकिन्छ भने केमिकल र अल्कोहल प्रयोग गरिएका उत्पादन प्रयोग गर्नु हुदैन ।
छालालाई हेरचाह गर्न निम्न उपाय अपनाउन सकिन्छ :
– छालालाई सुख्खा रहन नदिन मोस्चराइजिङ तथा लोसनको प्रयोग गर्ने ।
– समय समयमा फेसियल गराउने ।
– साबुनको प्रयोग कम गर्ने, मोस्चराइजिङ साबुन तथा फेस वास प्रयोग गर्ने ।
– ओठ चिल्लो राख्न भ्यासलिन तथा लिप बाम प्रयोग गर्ने ।
– घाममा जानुअगाडि सन ब्लक क्रिम तथा लोसनको प्रयोग गर्ने ।
– बढी चिसो पानीमा काम नगर्ने ।
– बढी तातो पानीले ननुहाउने, मनतातो पानीले नुहाउने
– शारीरिक सरसफाइमा विशेष ध्यान दिने ।
– केही समस्या देखा परे छिट्टै छाला रोग विशेषज्ञसँग परार्मश लिई उपचार गर्ने ।
– पर्याप्त पानी पिउने।
– तातोपानीले वाफ लिने, यसले बन्द भएको रोम छिद्र खुल्छ।
– मौसमी फलफुल खाने।
– लामो समय हिटरको रापमा बस्दा त्यसले छालालाई सुख्खा बनाउँछ त्यसैले धेरै हिटर नताप्ने ।
थप जानकारी
(रश्मिला श्रेष्ठ बरिष्ट सौन्दर्यबिद हुनुहुन्छ l बिगत दुइ दशक देखि उहा सौन्दर्य पेशामा आबद्द हुनुहुन्छ l अन्य सौन्दर्य सम्बन्धि जानकारी लिनु परेमा रष्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर काठमाडौँ मल चौथो तला तथा बिजी मल गोगंबुको चौथो तलामा गएर आबश्यक सुझाब सल्लाह लिन सक्नुहुनेछ साथमा पुरुष तथा महिलाहरुको सौन्दर्य सम्बन्धि सम्पूर्ण सौन्दर्य ट्रिट्मेण्ट समेत गरिन्छ l सम्पर्कको लागि Kathmandu Mall, 4th floor(Old pink colour) Kathmandu, Nepal +977-1-4150025(Ktm mall ), +977-1-4356385(BG mall) 9841641940 )
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस