जनकपुरधाम- जिल्ला प्रहरी कार्यालय धनुषाबाट फरार जबरजस्ती करणी मुद्दाका एक अभियुक्तसहित ४ विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।
गत बिहीबार बयान लिने क्रममा जिल्ला प्रहरी कार्यालयको अपराध अनुसन्धान शाखाबाट फरार भएका राममणि यादवसहित चार विद्यार्थीलाई प्रहरीले गएराति पक्राउ गरेको हो ।
फरार भएको ६ दिनपछि प्रहरीले मंगलबार राति साढे ९ बजे सिरहा माडरको भारतीय सीमाबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए ।
पक्राउ पर्ने विद्यार्थीमा सिरहा औरहीका प्रमेश यादव, ठैगहीका सूर्यनारायण यादव, बसपिट्टाका राजकुमार यादव र अर्नमाका रामप्रकाश यादव छन् । चारै जना जनकपुरस्थित एक कलेजमा ओभरसियर अध्ययनरत विद्यार्थी हुन् । विद्यार्थीहरुले राममणिलाई भगाउन सघाएका थिए ।
पक्राउ परेका ५ जनामाथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रहरीको हिरासतबाटै यादव फरार भएपछि अपराध अनुसन्धान शाखाका असई राजकुमार भण्डारीलाई जिल्ला प्रहरी कार्यालय धनुषाले निलम्बित गरेको छ भने प्रहरी नायब उपरीक्षक कार्कीको संयोजकत्वमा ५ सदस्यीय छानबिन टोली नै गठन गरेर फरार अभियुक्तको खोजी तीव्र पारिएको थियो ।
जनकपुरधाम उपमहानगरपालिका–८ बलवा टोलमा डेरा लिई बस्दै गरेका सिरहाका २० वर्षीय राममणि यादवले बालिकालाई जर्बजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस