प्रवासमा बसेर समाजसेवा र सामाजिक अभियान संचालन गर्दा के कस्ता कठिनाइहरु भोग्नु पर्छ ?
नेपाली युवाहरु बिभिन्न अवसरको खोजीमा रहेका हुन्छन | यहि क्रममा अनेकौ सपना र कल्पना बुन्दै विदेशिने गर्दछन । बिदेशिभुमीमा सबैका लागि परिस्थिति अनुकुल हुदैन | कल्पना गरे भन्दा फरक र जटिल समस्याहरु सिर्जना हुन्छन | यसै क्रम मानवीय हिसाबले समाजसेवा गर्नुपर्ने हुन्छ | सकारात्मक र जनचेतनामुलक कार्यक्रमहरुलाई सहयोग गर्न चाही अभियान नै संचालन गरेर गर्दै आएका छौ |
स्वाभाविक रुपले विदेशी भूमिमा धेरै समस्याहरु हुन्छन | पहिलो कुरा त्यहाको नियम कानुन पालना गर्नुपर्ने हुन्छ भने अर्को आफु संलग्न कम्पनीको परिधिमा रहनुपर्ने हुन्छ | कम्पनीमा तोकिएको काम कर्तब्य सबैले पुरा गर्नैपर्छ | यस्तै समयको पावन्दीमा रहेर समाजसेवा गर्नुपरेकाले कठिनाइ हुने गरेको छ |
कोरियामा औद्योगिक दुर्घटना,स्वास्थ्य सम्बन्धी र केहि अबैधानिक रहेका कामदारहरुको समस्याहरु देखिएका छन् |
सबै साथीहरुले सम्बन्धित देशको नियम कानुन,कम्पनीको रुल रेगुलेसन राम्ररी बुझ्नुपर्छ र यसलाई गम्भीर भएर पालना गर्नुपर्छ | औद्योगीक सुरक्षाका नियमहरुका साथै आफ्नो स्वास्थ्य प्रति पनि त्यतिकै सचेत रहे समस्याहरु कम हुने मेरो बुझाइ छ |
आइपरेका बेला विभिन्न संघ सस्थाहरुसंग सहकार्य र एक्यवद्धता गर्दै नेपालमा परेको पीडितहरुको समस्या हल गर्न, उदार गर्न, राहत प्रदान गर्न र सहयोग गर्नको लागि सकेको भुमिका सकारात्मक तरिकाले सकारात्मक संदेश प्रवाह गर्दै सकृयताका साथ निर्वाह गर्दै आइरहेको छु।
हामी जति सुकै निस्वार्थमा सामाजिक सेवा गर्छौ भने पनि त्यो सबै झुठो हो जस्तो लाग्छ।सामाजिक कार्य र सेवाले हामीमा आत्मसन्तुष्टि र आत्म सम्मान पनि मिल्छ यो एउटा स्वार्थ पनि सबैमा जोडिएको हुन्छ।काम गरेर बचेको समय र बिदाको समयलाई अनावश्यक कार्यमा ब्यतित नगरी आफु एक जिम्मेवार नागरिक भएर समाजको हित र सामाजिक कार्य प्रती आफ्नो अमुल्य समय सत्कर्ममा लगाइरहेको हुन्छु।कुनै संस्थाको जिम्मेवार पद लिएर मात्र हैन एक आम स्वतन्त्र नागरिक भएर निस्वार्थ भाव र सामाजिक दायित्वबोध गरेर पनि केही उदाहरनिय रचनात्मक कार्य गर्न सकिन्छ भन्ने कुरामा सदा बिश्वास राख्दछु ।
देश र बिदेशमा आइपरेको अनेकौ दु:खद आपतबिपत,प्रकोप, बिरामीको उपचार, दुर्घटना, राष्ट्रिय अभियान आदि आर्थिक अभाव रहेको ठाँउमा आवश्यक परेको राहत जुटाउन विभिन्न आर्थिक संकलन अभियानहरु पनि संचालन गर्दै आइरहेका छौ।अभियान संचालन गर्न धेरै कठिन र चुनौतीपूर्ण कार्य हो।अभियान संचालन गर्दा धेरै कुराहरु बिचार गरेर सकभर बैधानिक तवरले सबैको बिश्वास लिएर र सामुहिक प्रतिबद्धतामा प्रक्रियागत जानू पर्छ।हामिले यसै मुल मन्त्रलाइ आत्मासात गरेर सामाजिक गतिविधि अघि बढाएका हुन्छौ ।सबैको सल्लाह सुझाब मनन गर्ने क्षमता राख्ने, सहयोगदाताहरुको भावनाको सदा कदर गर्ने, हरेक हिसाबकिताब र नामावली पार्दर्शिता राख्ने संकलन र सहयोग हस्तान्तरण जुन उदेश्यले संकलन गरिएको हो त्यही सम्बन्धित ब्यक्ती , स्थान र संस्थालाई हस्तान्तरण गर्दछौ।
राम्रो काममा खुट्टा तान्ने र निरुत्साहित पार्न खोज्ने खराब तत्वहरुलाइ प्रतिकार गर्दै पनि कति अभियानलाई सफल पारेका छौ।तर हामी सत्कर्ममा सकारात्मक सोच बोकेर नेपाली पन र नेपालीमन लिएर अघि बढेको हुँदा कहि कतै बिचलित र निराश भएनौ झन त्यस्ता समस्याले हामीलाई सचेत गर्न र आउदा दिनमा सजग रहन अझ ठुलो मद्दत पुर्यायो।
कोरियाबाट कस्ता क्षेत्रहरुमा बढी सहयोग गर्ने गरिन्छ ?
कोरियाबाट मुख्य गरेर गरिबी र आर्थिक अवस्था कमजोर रहेर उपचार गर्न असमर्थ बिरामिको नयाँ जीवन दिनको लागि आर्थीक सहयोग गर्ने गरेका छौं | त्यस्तै कोरियामा रहेका नेपाली बिरामीलाई आवश्यक परेको उपचार खर्च सहयोग गर्ने, अबैधानीक रहेकाहरु निधन भएमा नेपाल लास पठाउन र कोरियामा नै दाहा संस्कार गरिएमा सो को लागि आवश्यक खर्च जुटाउने सहयोग गर्ने, नेपालमा कुनै बिपत्ती आइपरेमा जुटेर राहत संकलन गर्ने र पठाउने,राष्ट्रिय अभियान बस्ती, हस्पिटल, आबिस्कार केन्द्र, एम्बुलेन्स, शैक्षिक सामाग्री आदि सहयोग गर्दै आएका छौं |
समाज सेवा वा सामाजिक अभियान संचालनको श्रोत र समयको ब्यबस्थापन कसरि गर्नुहुन्छ ?
समाज सेवा वा सामाजिक अभियान मुखले बोलेर वा भाषण गरेर मात्र पुग्दैन | यसका लागि पैसा नै चाहिन्छ | त्यो पैसा मन मिल्ने, विचार मिल्ने , भावना मिल्ने साथीहरु संग गाँस काटेर संकलन गर्दछौं | आयको श्रोत भनेको नै सहयोग संकलन मात्र हो | यहि क्रममा कहिले संस्कृतिक कार्यक्रम गर्ने,चिठ्ठा कटाउने गर्दछौं | क्षेत्र अनुसार समितिहरु बनाएर सहयोग संकलन गर्दछौं | कोरियामा सबै व्यस्त हुने भएकाले बिदाको दिन धेरै कुराको ब्यबस्थापन गर्छौं |
कोरियाबाट संचालन गरिएका सामाजिक अभियान र समाज सेवाको प्रभाव वा परिणाम के कस्तो आएको छ ?
यहाँबाट गरिएका समाज सेवाको परिणाम ठ्याक्कै आंकडा त छैन तर पनि पीडितको घाउमा मल्हम अवस्य लगाएका छौं | यसका साथै समाजमा सकारात्मक सन्देस पक्कै पुगेको छ | यस्तो अभियानले सबैमा सामाजिक दायित्व बोध र सद्भावको प्रेरणा सबैमा जागृत गराएको छ। नेपाली नेपाली बिचमा आपसी मेलमिलाप, भाइचारा, एकता,आत्मियता सद्भाव र सदासयता पनि कायम गर्दछ भन्ने लाग्छ |
कमाउन, परिवार सुखी राख्न र सन्तानको भबिश्य उज्वल बनाउन बिदेशिएका नेपालीले किन समाजसेवा गर्नुपर्यो ? किन सामाजिक अभियान संचालन गर्नुपर्यो ?
मानिस एक सामाजिक प्राणि भएको हिसाबले समाजको हरेक क्रियाकलापसंग प्रत्यक्ष सरोकार रहेको हुँदा यसबाट अलग भएर रहन सकिँदैन।सबैको आ आफ्नै सम्बन्धित संगठन र समाज रहन्छ । हामी नेपाली मन देखिनै सफा र उदार भावका हुन्छौ ।परेको बेलामा एक अर्कालाई सहयोग गर्न तत्पर रहन्छौ।अरुले गर्छ अरुको जिम्मेवारीको कुरा हो भनेर हेरेर बस्ने बानी छैन।समाजसेवा राष्ट्र बदल्ने महान अभियान पनि हो | त्यसैले पनि यस्तो अभियानमा सबै युवा संलग्न हुनुपर्दछ |
मैले पनि गर्नु पर्छ मेरो पनि कर्तब्य हो भन्ने जस्ता सोचले प्रभाबित छन् ।त्यसैले हरेक आइपरेको समस्या समाधन र राम्रो काम सम्पन्न गर्नको लागि अभियानहरु स्वत स्फुर्त रुपमा संचालन हुने गर्दछन।अरुको दु:ख र पिडामा महलम लगाउनु नै मानबिय धर्म पनि हो।तर सबैमा यस्तो चेत नआएको मानिसहरु छन।जो आफ्नै लागि मात्र सोच्ने र आफुलाइ पर्दा मात्र हात फैलाउनेहरु समाजका अपबादहरु पनि यदाकदा नभएका होइनन् ।
राजदूताबासको सहयोग कस्तो छ ?
बैधानिक हिसाबले कोरियामा रहेकाहरुलाई दूतावासले अहिलेसम्म परेको बेलामा राम्रै सहयोग गरेको छ | पछिल्लो समय दूतावासले बिदाको समयमा पनि कार्यालय खुल्ला गरेर रोजगारीको लागि कोरिया आएका नेपालीहरुको लागि काम गर्दै आएको छ | यसलाई सबैले सकारात्मक मान्नु पर्दछ | त्यस्तै विभिन्न स्थानमा घर फिर्ती तथा स्वास्थ्य क्यामहरु राखेर सचेतना कार्यक्रमहरु गरिरहेको छ | यस्तो कार्यक्रम निकै प्रभाबकारी रहेको पाइएको छ।
भिसा सकिएर अबैधानिक रूपमा बस्दै आएको कामदारहरुको हकमा पछिल्लो समय दूतावासले असहयोग गरेको गुनासो पनि आइरहेको छ।
हालसम्म यहाले गर्नुभएको उल्लेखनीय सामाजिक अभियान बारे बताई दिनुस !
बिभिन्न सामाजिक संघ संस्थामा रहेर काम गरिरहेको छु | मेरो पहलमा भएका परोपकारी कार्यहरु धेरै नै छन् | ती मध्ये मेरै संयोजकत्वमा गत महिना कालिकोटको रास्कोट सामुदायिक असपताल निर्माण गर्न ४४ लाख रुपैयाँ सहयोग संकलन गरेर हस्तान्तरण गर्यौं | मेरो सामाजिक योगदान बारे कोरिया र नेपालमा रहेका प्राय सबैलाई अवगत नै छ |
मेरो सामाजिक योगदानलाई कदर गरेर नै गत महिना छनान नगरपालिकाले सम्मान गरेको थियो |
बिदेशमा पसिना बगाएर रकम संकलन गरेर नेपाल पठायो तर नेपालमा सहयोग गरिएका संस्थाले त्यो रकम दुरुपयोग गरेको गुनासा पनि आउने गरेका छन | यस बारे तपाइको के धारणा छ ?
बिदेशमा घामपानी नभनी रगत पसिनाले साटेको रकम बेला बेला दुरुपयोग हुने गरेको छ | त्यस्तो रकम ब्यक्तिगत प्रयोजनमा खर्च गर्ने, हिसाब किताब पारदर्शी नदेखाई हिनामिना गर्ने गरेका समाचार सुन्नमा आइरहेको हुन्छ। समाजसेवा वा सामाजिक अभियानका लागि दुखले कमाएर पठाएको रकम सहि ठाउमा सदुपयोग नगरेर उद्धेश्य बिपरित खर्च गर्दा चित्त दुख्ने गरेको छ | हामीले संकलन गरेर पठाए पश्चात अनुगमन गरिरहेका छौं |
अन्त्यमा के भन्न चाहनुहुन्छ ?
राष्ट्र निर्माणको निम्ति देश बिदेशमा रहेका सम्पुर्ण युवाहरु एकजुट भएर सकारात्मक र स्वतन्त्र हिसाबले कुनै बिषयमा बिभाजित र बिबादित नभई आ आफ्नो तर्फबाट योगदान दिन तत्पर रहनु पर्छ।’यो’ र उ’ जाती पार्टी आदिको नाममा नफुटेर होइन हामी नेपाली एक हौ भन्ने भावले जुटेर लाग्नु पर्ने आजको आवश्यकता हो।कुनै राजनीति स्वार्थको लागि गोटि वा प्रयिगको साधन मात्र नबनेर हरेक नागरिक सचेत बन्न जरुरी छ। हामी आज बिकसित देश कोरियामा छौ ।यस देशको बिकास र समृद्धिलाई मध्येनजर गरेर बुझेर राम्रो कुरालाइ हामी आफै बाट अनुसरण गरेर ब्यबहारमा उतार्न सकिएमा नै समाजमा सकारात्मक संदेश प्रवाह गर्न सक्छौ।सधै देशमा केही भएन, सरकरले केही गरेन भनेर निराश भएर बस्नु भन्दा सकारात्मक सोच राखेर खबरदारी संगै राम्रो कामलाई प्रोत्साहन साथ दिदै पनि जानू पर्दछ।हामी सोच बदलौ, समाज र देश पनि बदलिने छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस