भोजपुर पाङ्चा ९ मा जन्मेकी बविना राईले सांगीतिक यात्रामा आफनो पाईला विस्तारैं अघि बढाईरहेकी छिन् । हालैं छैंटौं भोजपुर आईडल विजेता भएकी बविना आफनो भविष्य संगीतमा खोजीरहेकी छिन् । उनी भन्छिन् म अझैं उठन बाँकी नै छ । हिड्न बाँकी नैं छ । सबैको साथ र माया खोजीरहेकी बविनासंग हटपाटीको लागि ऐश्वर्य श्रेष्ठले गर्नु भएको छोटो सांगीतिक कुराकानी ।
भोजपुर कुन ठाँउमा यहाँको जन्म भएको हो ?
मेरो जन्म भोजपुर आम्चोक १० साविक पाङ्चा ९ मा भएको हो ।
संगीतमा कसरी प्रवेश गर्नुभयो ? प्रेरणा ?
संगीतमा सानैंदेखि रुचि भएको हुनाले स्कुलमा हुने कार्यक्रमहरुमा सहभागी हुन्थे । त्यसमा म प्रथम भएकी थिए । सांगीतिक कार्यक्रममा सहभागी हुदैं जाँदा प्राय सबैंले मेरो आवाज मन पराईदिनुभयो । जसले गर्दा मलाई संगीतमा अघि बढन सहज भयो । आफन्त, परिवार,साथीभाइ, शुभचिन्तक नैं मेरो प्रेरणाको स्रोत हुनुहुन्छ ।
भोजपुर आईडलको छैंटौं संस्करण जित्नुभयो अब तपाईको सांगीतिक यात्रा कसरी अघि बढछ ?
भोजपुर आईडल जिते । यो खुशीको कुरा हो र म खुशी पनि छु । भोजपुर आईडलले मलाई भर्खर जन्माउदैंछ । म अझैं उठन बाँकी नै छ । हिड्न बाँकी नैं छ । यस क्षेत्रमा यात्रा गर्नलाई आफन्त, परिवार,साथीभाइ, शुभचिन्तक सबैंको साथ र सहयोगको आवश्यक छ र अपेक्षा गरेकी छु । अबको मेरो बाटो भनेको संगीतलाई निरन्तरता दिनु नैं हो ।
संगीत सिकिरहनुभएको छ ?
मैंले अहिलेसम्म सांगीतिक शिक्षा लिएको छैंन् । भगवानको वरदानकैं सदुपयोग गरीरहेकी छु । यतिले मात्रा पुग्दैंन । पक्कैं पनि आगामी दिनहरुमा संगीत साधाना गर्ने सोचमा छु ।
यहाँको कुनैं गीत रेकर्ड भएको छ वा हुनेवाला छ कि ?
हजुर, मैंले कक्षा ८ मा पढदैं गर्दा गीत रेकर्ड गराएकी थिए । मेरो काका सुमन राईको सहयोगमा मैंले गाउने अवसर पाएकी थिए । पुर्वेली लोकगीत भुइदल अल्लारेको शब्द,सुमन राईको संगीत,सुमन राई र मेरो आवाजमा रहेको छ । यहाँहरुको साथ पाए भने शायद चाँंडैं हुन्छ होला ।
तपाईलाई कस्तो गीतसंगीत मन पर्छ ?
मलाई सबैं किसिमको गीतसंगीत मनपर्छ । सबैं विधाको गीत सुन्छु,गाउँछु ।
मन पर्ने गायक गायिका ?
मन पर्ने गायक गायिका भनेर एक दुई जनाको नाम लिन त गाह्रो हुन्छ । सबैं जनाको आ आफनैं गायनशैंली र आवाज हुन्छ त्यही अनुसार मिठास हुन्छ सबैं खाले गीत सुन्ने हुनाले प्राय सबैं मनपर्छ । नाम लिनैंपर्दा राजेशपायल राई,मेलिना राई ।
तपाईको आवाज मन पराउने श्रोतालाई के भन्नुहुन्छ ?
म यहाँसम्म पुग्नुमा तपाईहरुकै साथ सहयोगले गर्दा हो । त्यसका लागि तपाई सम्पूर्णलाई धेरैं धेरैं धन्यवाद । आगामी दिनहरुमा पनि यसै गरी साथ सहयोग गरिदिनुहुनेछ । गरिदिनुहोस् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस