सुरज लम्साल रयाप गायक हुन तर आज भोली गायन भन्दा योगा र त्रिभुजिय शिक्षामा व्यस्त रहेका छन् । शिक्षा क्षेत्रलाई फरक ढंगले नियाल्दै आएका लम्साल पथिक त्रिभुजिय शिक्षा सेन्टरका अध्यक्ष हुन् । पथिक त्रिभुजिय शिक्षा सेन्टर आचार्य श्री पथिकद्धारा प्रतिपादित शिक्षा हो । त्रिभुजिय शिक्षामा आधारित रहेर मानिसका तीन मस्तिष्कका क्षमतालाई उजागर गर्दै आफनो मौलिक गुण,प्रकृति र स्वभाव अनुरुप उत्पादनशील,तनाव रहित र सहज जविनशैलीमा रहने कलाको विकास गर्न खोलिएको संस्था हो । यो संस्थाले के गरीरहेको छ र गर्दैछ भन्ने विषयको सेरोफेरोमा रहेर थर्ड आई ले गर्नु भएको
कुराकानीका अंश ।
आज भोली केमा व्यस्त हुनुहुन्छ ?
आजभोली पथिक त्रिभुजीय शिक्षा सेन्टरको अध्यक्षको रुपमा कार्यरत रही विभिन्न कार्यक्रमहरु गरीरहेका छौं ।
त्रिभुजिय शिक्षा भन्नाले के बुझिन्छ ?
हामी मनुष्यमा तीन मस्तिष्क अबस्थित छ, ती तीनै मस्तिष्कलाई उत्खनन गरेर त्यसमा भएका क्षमतालाई उजागर तथा प्रस्फुटन गर्न सकेमा मनुष्यले बहु प्रतिभाशाली भएर कर्म, प्रेम तथा विविध कलाद्वारा सुसज्जित हुन्छ र अपार प्रतिभा, सृजनात्मकता, बैज्ञानिक दृष्टिमा बाँच्न सक्ने र त्यसले उ आफै सफल तथा प्रगतिमुखि हुनुका साथसाथै सुखी, शान्त, समृद्ध, प्रशन्न, आनन्द भई अरुलाई पनि आफुले जाने, बुझेको कुरालाई बाँड्न सक्ने हुन्छ । यसरी स्वयं एक ब्यक्ति लगायत उसको मातहतमा जुट्न आउने अरुलाई पनि जीवन उपलब्धि हुन केहि आधार सृजना हुन सक्ने हुन्छ र रहोस भन्ने आशय त्रिभुजीय शिक्षाको अबधारणा अन्तरगत रहन्छ जुन शिक्षा एक नितान्त जीवन शैंलीको बैज्ञानिक तबरले बाँच्ने कला बिकास गर्ने पद्दति हो ।
यसको आवश्कता किन ? परम्परागत शिक्षा भन्दा के फरक छ ?
परम्परागत शिक्षाले सामाजिक साँस्कृतिक शिक्षा अनुरुपको वैज्ञानिक अवधारणाको स्पष्टता नभेटिएको रुपमा मान्यतारुपी सैंद्धान्तिक शिक्षा अनुरुपको जीवन शैली र स्कुल, कलेजको पठनपाठन अन्तरगत अरुले आ आफनो समय, काल, परिवेश अन्तरगत भोगेको अनुभव र अनुभुतिलाई सुचनाको रुपमा पुस्तकमा उतारेको सूचना संग्रह हो । जुन कुरालाई व्यवहारिक तवरले नभोगी , नबुझिकन त्यसलाई केबल सूचनाको रुपमा देब्रे मस्तिष्कमा भरेर अरुलाई संप्रषण गर्ने गर्छौं । जुन मूल्य र मान्यतामा मात्र आधारित हुन्छ र ठाउँ परिवेश सुहाउँदो र समय अन्तरालमा लागू नहुन पनि सक्छ वा त्यसलाई परिमार्जित वा सृजनात्मकताको हिसावले उत्पादनमुखि बनाउन पनि त्यही कुराहरु पनि बाधक बन्ने गर्छन ।
तीन मस्तिष्कलाई उजागर र प्रत्युपादन गर्न नसकेर सिमित दायरामा बस्नु पर्ने मूल्य मान्यता भित्रको उकुसमुकुसमा मानिस भएको हुनाले जीवन यापन तथा दृष्टि उदार हुने किसिमको शिक्षालाई संबोधन यस शिक्षाले गर्छ ।
पथिक त्रिभुजिय शिक्षालाई कसरी अघि बढाईरहनुभएको छ ?
पथिक त्रिभुजीय शिक्षा सेन्टरले तीन मस्तिष्कको बिकासको लागि हुने किसिमको तालिम, अबधारणा प्रस्तुति, कार्यशाला र यसलाई टेवा दिने हेतु ले विविध कार्यक्रमहरु अघि बढाईरहको छ ।
त्रिभुजीय शिक्षाले विधार्थीमा तत्काल पार्ने असर र प्रभाव के हो ?
त्रिभुजिय शिक्षाको एक भुजाले मानवीय गुडको बिकास, दोस्रो भुजामा दक्षता तथा सृजात्मकता जसमा बैज्ञानिक दृष्टि सहितको उत्पादनशील आधारको विकास हुने गर्छ ।
जिवनको वृद्धि र बिकास, जीवन जिउने कला र मृत्युको कलालाई संबोधन गर्ने हुनाले यसले मनुष्यले तीन मस्तिष्कको उत्खनन् र बिकास द्वारा मनुष्य सन्तुलित जीवन जिउने र अरुलाई पनि बाँड्न सक्ने हुनाले बिद्यार्थीले जीवन दृष्टिको दायरालाई अलिक फरक र उदार दायराले सोच्न सक्छन् ।
त्रिभुजीय शिक्षालाई पाठ्यक्रममा समावेश गर्न के गर्नुपर्ला तपाईहरुले यसलाई कसरी लिनुभएको छ ?
यसलाई पाठ्यक्रममा समाबेश गर्न सरकारी तबरबाट पहल हुनु पर्ने हो । नीति निर्धारण सहितको राज्यले सबै कुराको संयन्त्र जोडेर लान सक्ने विविध आधारहरु छन्। केही क्षेत्रहरुमा ब्यक्ति तथा संस्थाले पनि पहल गर्न सक्ने हुन्छ र त्यसलाई बिगत दस बर्षदेखि आचार्य श्री पथिक द्वारा संरक्षित “पथिक फाउण्डेसन” ले अभियन्ताहरु नेपालका विभिन्न जिल्लामा गई स्कुल, कलेज, समाज, समिति, व्यवसायिक संस्थामा कार्यक्रमहरु गरीरहेका छौं । “पथिक फाउण्डेसन” मिस्ट्रि स्कूलमा आफनैं पुर्वाधारसहितको ध्यान,योग,साधना र सामूहिक जिवनशैलिको अभ्यास विगत २० बर्ष देखि भईरहेको छ ।
अरु के मा व्यस्त हुनुहुन्छ त्रिभुजिय शिक्षा बाहेक ?
” डिस्क्रिप्सन” २ निकाल्ने प्रयास सहित म्युजिक म्यानेजमेन्ट सम्बन्धि केही गर्ने सोच छ । अध्यात्म अन्तरगतको ध्यान, योग, साधना जीवन शैली नै भईहाल्यो। जानेका कुरा र यो यात्रामा हिड्ने लाई सिकाउने पनि गरेको छु ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस