सोल – म आज हेर्दै लाज मर्दो राजनीतिक चर्चा भन्दा अली फरक बिषय उठाउन खोजेको छु ।भर्खरै हामी हिन्दुहरूको महान चाड दशैलाई बिदा गरी दोश्रो ठुलो चाड तिहार या दिपावलीलाई स्वागत गर्नै क्रममा छौ ।म आफ्नो धर्मलाई र अरूले मान्ने कुनै पनि धर्म लाई सम्मान गर्दछु ।
मलाई सानैमा सायद चार कक्षाको किताब मा होला नाम फरक फरक भएपनी भगवान एउटै हुन भनेर पढेको याद छ जहा अंगुर खान खोजेका चार जना छुट्टा छुट्टै भाषा बोल्ने मानीसहरू को बिषय प्रसंग बनाईएको थियो ।जे नामले पुकारे पनी आखीर चीज एउटै हो भन्ने शिक्षा दिन खोजेको छ ।म प्राय सबै धर्मालम्वीहरूका पुजा ध्यान गर्नै ठाउमा गएको पनी छु मलाई खासै फरक अनुभव हुदैन किनकी मेरो मनमा भगवान एउटै छ भन्ने नै छ यद्धपी म हिन्दु धर्मको अनुसरण गर्छु ।
समय अनुसार संस्कार हरूमा पनी परीबर्तन हुनु जरूरी छ हाम्रो संस्कार मा कतिपय चलन हरू आज पनी हामी अनुसरण गर्दै आईरहेका छौ जुन निकै लाजमर्दा छन ।जसमध्य एउटा दक्षीणा पनी हो ।बच्चा छदा यो केटाकेटी फकाउने खुशी पार्नै अस्त्र पनी हो बच्चाहरूलाई दिनु अहीले पनी म गलत ठान्दिन तर यसलाई पछी सम्म लैजादा नमज्जा को अनुभव र अफ्टेरो अनुभव मैले फील गर्छु ।यो संस्कार लाई समयानुकुल परीमार्जन गर्दै लैजानुप्रछ भन्ने मेरो मान्यता रहेको छ ।मैले बिगत दुई तिन बर्ष यता यसलाई बिरोध गर्दै अनि आफुले दक्षीणा नलिदै पनि आईरहेको छु परीबर्तन आफै बाट सुरू गर्न प्रछ भन्ने हेतुले मैले शसुराली जादा होस या मावली जादा एकल बिरोध गर्दै नलिने प्रयास गरेको छु ।
मैले शसुरालीमा त लगभग सम्झाउन सफल भए किनकी मेरो शसुरा बुवा शिक्षक हुनुहुन्छ | वहाले सजिलै मेरो कुरा बुझ्नु भयो ।वहा संग त अर्को एउटा संस्कार जुन बावा समान को बाबा नै ले छोरा समान को छोरा नै लाई खुट्टा मा ढोग्ने संस्कार लाई पनि पुर्ण रूपमा निषेध पार्ने काम पनी गरेकोपनि छु वहा लाई मेरो अभीयान लाई साथ दिनु भएकोमा धन्यवाद पनी दिन्छु ।धेरै भईसक्यो वहालाई खुट्टामा ढोगाउन छोडेको ।वास्तब मा यो नराम्रो संस्कार हो ।यसलाई सबैले अनुसरण न गर्दा राम्रो हुन्छ जस्तो लाग्छ ।
चाड पर्व को बेला छ लगत्तै तिहार पनी आईरहेको छ मैले दक्षीणा लिनु र दिनु हुन्न भन्दा आम दिदीबैनी मा असर नपरोस तर यो नराम्रो चलन हो एक बर्ष मा एकचोटी भाईबन्धु लाई मीठोचोखो खुवाउदा दक्षीणा लिनुपर्नै दाजुभाई लाई एउटा उपहार दिदा त्यस बापत दक्षीणा लिनुपर्नै सम्मान माया गरेको की ब्यापार ?बुवाआमा को देहान्त भएर त्यो दुखमा साथ दिन माईती मा आउदा तपाईहरूलाई दक्षीणा लिनुपर्नै के तपाई त्यो घरको सदस्य होईन ?
त्याहा तपाई दुख मीसाउन दाजुभाई लाई सान्तोना दिन आको की ज्याला मा ?यो गम्भीर प्रस्न हो ।अहीले मेरो लेख पढदा र गहीरीएर नबुझ्दा आम दिदीबहीनी को मनमा केही नराम्रा कौरा खेल्न सक्छन तर गम्भीर भएर सोचौ हामी नराम्रो संस्कार को फलो गर्दैछौ ।मलाई त कसैले जबरजस्ती दक्षीणा दिन खोज्छ भने सम्मान होईन अपमान को महसूस हुन्छ लज्जाबोध हुन्छ ।
मेरो मावल गुल्मी दिगाम हो म यसपाली को बिदा मा मावली गएको थिय जब बिदाभएर घर फर्कीन लागेको थिए यही दक्षीणा को बारेमा ठुलो संघर्ष गर्नु पर्यो ठुली माईजु ले मान्दै मान्नु भएन आखा बाट आसुनै झार्नु भयो म वहाको बयोबृद आत्मा ले दुख मानेको महसुस गरे अनी समाउन बाध्य भए तर मलाई निकै लज्जा महसुस भयो प्रस्न मनमा उठीराछ अब मावली जाने की नजाने ? जहापनी सम्मान पाइने नाता को घरमा गईन्छ बिदा हुनेबेलामा यस्तै परीघटना निम्तन्छ यसले निकै लज्जाबोध हुन्छ ।यो लेख मैले दक्षीणा दिनुपर्यो भनेर लेख्याहोईन यो संस्कार खराब छ भन्न खोज्या हो कतिपय लाई मलाई जस्तो अफ्टेरो महसुस भएकै होला हेर्नुस आफैबाट सुरू गर्नुस यो खराब संस्कार हो ।
आफन्त मान्यजन को मा आशीर्वाद लिन जान पाईयोस तर दक्षीणा लिन नपरोस ।कहीले घरमा नगद होला कहीले नहोला मिठो मसीनो त जे छ त्यो खाईहालीन्छ खोवाईहालीन्छ तर ज्वाई भान्जा आएकाछन भनेर समन्धीत घरकोले छिमेकीकोमा सापटी खोज्न जानुपर्यो भने त्यो बेला तपाई के सोच्नुहुन्छ ?
धेरै होस या थोरै सधै पैसा हुन्छ भन्ने त छैन नी ।कुरा यो मात्रै होईन क्या यहा त आफन्त भेटन आउनुभो भने के उपहार लिएर आउनुभो कति दुरी बाट कति गाडीभाडा खर्चेर आउनुभो अथवा तपाई जानुभो सबै हीसाब गरेर दक्षीणा गर्नुपर्नै चलन रैछ अब भन्नुस बजार मै सस्तो भएन र ?म यी कुरा को दोष हामी नभएर हाम्रो संस्कार हो यसलाई परीबर्तन गर्नुप्रछ भन्ने सन्दर्भ मा उठाईरहेको छु ।माफ गर्नुहोला कही कसै संग मिल्न गएछ भने ।राम्रो काम को सुरूवात आफै बाट गरौ ।अन्तयमा सबैलाई दिपावलीको शुभकामना ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस