काठमाडौँ – सबै चाडपर्वहरूले खुशीयाली र उमंग लिएरआउने गर्दछन | आफन्त ,साथीभाई सगँको भेटधाटले मानिसमा भएको निराशा , एक्लोपन हटाउछ | आपसी प्रेम , भाईचारा , सदभाव बढाई शान्ति , मेलमिलाप र निकटता कायम राख्न मदत गर्छ |
शुभकामनाको आदन प्रदानले ब्यक्तिमा जोश , जाँगर र हैसला मिल्छ , आत्मबल बढाउछ , सकारात्मक मार्गमा हिडने प्रेरणा मिल्छ , सकारात्मक सोचको बिकास गरिदिन्छ | मानसिक स्वास्थ्यका लागि चाडपर्वले थेरापी कै काम गरिरहेको हुन्छ | चाडपपर्वको मनोबैज़ानिक प्रभाब बुझि यसलाई धर्मको रुपमा नहेरी चाडको रूपमा स्विकार गर्ने र मनाउने हो भने धेरै राम्रो हुन्छ |चाडपर्वमा खाईने मिठो मसिनोले शारिरीक स्वास्थ्य राम्रो बनाऊछ |
भेटघाट र शुभकामनाको आदन प्रदानले सामाजिक स्वास्थ्य कायम राख्छ | चाडपर्वको बेला तुलनात्मक रूपमा अपराधका घटनाहरू कम हुने गर्दछन | चाडपर्वको अवसरमा गरिने पुजापाठले मानिसलाई आध्यात्मिक रूपमा स्वस्थ्य वनाउछ |
तिहार बत्ति र फुलको पर्व हो | उज्जयालो , चम्किलो र सुन्दर कुरा नै रोज यसमा रमाउने प्रयास गर भन्ने संदेश यसले दिएको हुन्छ | मानिसले अन्धायारो र नकारात्मक होइन सकारात्मक कुरा नै रोज्नु पर्छ | डिप्रेशनलेगाजेको आजको समाजमा तिहारको झिलिमिलिले ठुलै औषधीको काम गरिरहेको हुन्छ |
तिहारमा काग , कुकुर , गाई , गोरूको पुजा गर्नु भनेको उनिहरूको कामको सम्मान गर्नुहो | संसारका सबै प्राणीहरूले आफ्नो सम्मान र कामको कदर होस भन्ने चाहन्छन | अरूको कदर र गुणको पुजा गर्नु पर्छ चाहिए ति पशुवा आफुभन्दा साना नै किन नहुन | यो कुराको प्रष्ट संदेश तिहारमा पाईन्छ | कसैले आफनो कामको सम्मान पाएन भने त्यहीबाटअसमझदारी र असंतुष्टि बढछ | कलह र बिद्रोहको कारण पनि यहि हो | तिहारमा खेलिने देउशी भैलो मनोरन्जनको राम्रो माध्यम हो | मानसिक स्वास्थ्यका लागि मनोरन्जन ज्यादै महत्वपूर्ण हुन्छ |
तिहारमा लझ्मि वा पैसाको पुजा गर्नुको अर्थ पैसाको कदर गर्न सिक्नु पर्छ भन्ने हो | घनि वन्ने हो भने पैसाको कदर र सम्मान गर्नै पर्छ | यसो नगर्ने मान्छे कहिल्यै धनि हुन सक्दैन |भाई पुजाले त व्यक्तिको आत्मसम्मान बढाउन ठूलो काम गरेको हुन्छ |आत्मसम्मानको कमि हुदा व्यक्तिमा बिभिन्न किसिमका मानसिक समस्याहरु देखिने गर्दछन |
चेलीहरू बिबाह गरि अर्काको धरमा जाने भएकाले दाजुभाई र दिदि बहिनिबिचको सम्बन्ध टाढा हुदै जानसक्ने सम्भावना धेरै हुनेहुदा माईती र चेली विचको सम्बन्ध गाढा बनाई राख्न तिहार जस्तो चाडको ठुलो महत्व छ |तिहारको मनोबैज़ानिक महत्वलाई बुझौ र यसलाई धुमधामका साथ मनाऔं |तिहारको धेरै धेरै शुभकामना |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस