काठमाडौं – केटी देख्नै नहुने जिस्काईहाल्नुपर्ने । जिस्काउँदा मज्जा आउँछ हो ? संसारको सबै खुसी प्राप्त गर्छन कि के हो ?
ग्यारेजमा गाडी बनाउँदै गरेको सानो फुच्चे समेत बाटोमा केटी देख्यो भने, ओहो ! राम्री भएर कता भन्न थाल्छ । बसको खलासीले फिर्ता पैसा माग्दा जिस्किन्छ, भोली दिउँला हुँदैन भन्दै । झर्ने बेलामा भन्छ, अल्लि अगाडि रोकिदिँदा हुँदैन । मैया एकपटक यता फर्केर हेर न । जब केटीहरु बोल्दै हिँडिरहेका हु्न्छन् त्यतिबेला उनीहरुको कुरामा जवाफ दिन्छन् अल्लारे केटाहरु |
बाटोमा हिँड्दा, कता हो ?
म पुर्याईदिउँ भन्छन् ।
लाग्छ केटाहरु केटी साधन हुन, नत्र के खाँचो उनीहरुलाई पुर्याईदिउँ भन्नलाई ।
गाउँघरतिर महिलाहरु पुरुषको साधन बनेका छन् भने पुरुषहरु सहरतिर महिलाको साधन बन्न खोजेका हुन कि ?
कुलो खन्दै गरेको मान्छे समेत जिस्किन खोज्छ । त्यताबाट लडिएला एता हिँड् ।
शिक्षक समेत आफूलाई मन परेको विद्यार्थीसँग जिस्किन खोज्छन् ।
प्रहरीको त कुरै नगरौं, दुई कोस परबाट झिस्काउन तमतयार रहन्छन् ।
यसरी शिक्षकदेखि खलासीसम्म जिस्किन खोज्दा मेरो मनमा धेरै प्रश्नहरु उठ्छन्, पानीको मुल फुटेजस्तै गरि ।
जब म एक्लै घुम्न निस्किन्छु त्यतिबेला मलाई पनि जिस्काउनेको कमि हुँदैन् । साथी आईदिउ । साथी चाहिएको भए त आफैँ खोजेर हिँडिहाल्थे नि । खोकी नलाग्दा नलाग्दै पनि खोकेको बाहाना गर्छन केहि जवानहरु । जब म एक्लै कतै बसिरहेकी हुन्छु यहाँ त सितल रहेछ बसुम न एकछिन भन्दै हिँड्छन् ।
स्ट्रेट गरेको कपाल बिग्रिन लागेछ । त्यो त मलाई पनि थाहा छ नि । कति न आफैँले गर्दिने जस्तो सुनाईराख्नुपर्ने । जिस्काउने प्रवृति नरुचाउने म अनि जिस्किँदै हिँड्ने अल्लारे जवानहरु । एउटा शिक्षकले भनेको कुरा याद आउँछ । केटाहरु किन कागज ढल्लो पारेर केटीलाई ताक्छन् ? आफूले छुन नपाएपनि आफूले हानेको कागजले केटीलाई छुन पाए आनन्द आउँछ रे । सायद जिस्काउन पाए र केटीले एक लुक्स दिई भनेर आनन्द आउँछ होला ।
फेसबुकमा च्याट गर्दै गर्दा, खाना खायौ ?
उम खाए ।
मलाई खोई त भन्दा पनि झिस्काएझै लाग्छ ।
सायद केटासँग बोल्दा उनीहरु त्यसो भन्दैनन् । तर केटीलाई च्याटमै भएपनि झिस्काउन छोडदैनन् ।
जब केटाहरुको ग्याङ अगाडि पुगिन्छ तब जिस्काउँछन् भन्ने पक्का हुन्छ ।
कहिलेकाहिँ यस्तो लाग्छ, केटीलाई खरको झुपडि सोच्छन् केटाहरु, आगो लाउनासाथ जलिहाल्ने । नौनी घिउजस्तै पग्लिहाल्ने । घाम चर्किदा र पानी पर्दा ओड्ने छाता, पानीपर्दा ओड्ने रेनकाेट सम्झिन्छन् कि के हो ?
प्राय केटाहरु मज्जा लिनको लागि केटी जिस्काउँछन् रे । लेखकलाई लेख्न मज्जा लागेजस्तै, किसानलाई खेत प्यारो लागेजस्तै, एडिक्टलाई ड्रग प्यारो लागेजस्तै । मज्जा लिनलाई केटी नै जिस्क्याउनु पर्छ र ? यो प्रश्न मज्जा लिन केटि जिस्काउने केटाहरुको लागि ।
केहि केटा विपरित लिङगप्रतिको आर्कषणले केटी जिस्काउँछन् रे । के उनीहरुलाई बाटोमा हिँड्ने सबै केटिप्रति आर्कषण हुन्छ ? कोहि केटी छोड्दैनन । मिनीस्कर्ट लगाउनेदेखि साडी लगाउनेसम्मलाई जिस्काउन भ्याउँछन् ।
हुनत जिस्काउँदा कतिको भाग्य चम्केको होला । लभ पर्याे होला । बिहे भयो होला । तर के ति सम्बन्धहरु स्थायी होलान र ? प्राईभेट जागिरजस्तै अस्थाही पो हुन कि ?
आजकल केटीहरु पनि जिस्काउन कम छैनन् भनेर एकजना मित्रले भन्दै थिए । समूहमा हिँड्दा पाएभने केटीहरु पनि छोड्दैन । यसरी जिस्किने अनि जिस्काउने प्रवृति कति हदसम्म राम्रो हो । म भने यसलाई असभ्य संसारकै रुपमा बुझ्छु । जिस्काउनेहरु सबै असभ्य नै लाग्छ । बेरोजगारीको खाडलमा पुरिदा समय काट्ने माध्यम पो हो कि ?
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस