परदेशी जिन्दगी केही कमाई गरि थोरै भएनि सुखी जीवन बिताउँ भनेर बिदेशीएकाहरुको जिन्दगी त झन कहाँ आफुले सोचेजस्तो हुन्छ र। त्यसै माथी बिकासको चरम उत्कर्समा दौडिरहेको दक्षिण कोरिया देशमा।
यो बर्ष संयोगले मेरो गर्मी बिदा पाँच दिन पर्न गयो।म जस्तो हप्ताको सातै दिन काम गर्नेको लागि त नेपालमा दसै र तिहारलाई मिलाएर एक महिना स्कुल बिदा दिएझैं लाग्यो।यहिं छुट्टीको समयमा हामी तीन जना साथीहरु मिलेर कोरियाको पर्ख्यात टापू जेजुदो घुम्न जाने योजना बनायौ। सल्लाह अनुसार पानीजहाजको यात्रा अनुभव लिने अनि फ्री स्टायलले घुम्ने योजना बनायौ।करिब एक महिना अघि नै टिकट बूक् गरि त्यो ठाँउको बारेमा कोरिएनहरु सँग अनि ईन्टरनेट बाट जानकारी बटुल्न शुरु गयौं । बास्तबमा हामी पानीजहाजको बारेमा अनविज्ञ थियौ।कतैबाट पनि भरपर्दो जानकारी प्राप्त गर्न सकिरहेको थिएनौं ।
चार जना अन्धाले हात्ती छामेर हात्तीको बयान गरेजस्तो हामी तीन जनाले पनि कतै फिल्म तिर, नक्सातिर अनि सुनेको आधारमा आ आफ्नै तरिकाको पानीजहाज यस्तो होला भनी सोचाइ बनाएर गएका थियौं । हाम्रो जहाज राती १२:३० बजेको थियो।प्यासेन्जरको लाइन भने साढे नौ बजे देखी नै लागि सकेको थियो । हामी पनि लाइन लाग्यौं अनि भित्र छिर्यौ।जब जहाज भित्र छि-यौ बल्लपो थाहा पाइयो किन मान्छेहरू भित्र छिर्न हतारिरहेका रहेछन् भनेर।हाम्रो टिकट मा क्याबिन नम्बर एउटै लेखिएको थियो सोच्यौ तिनै जनाको एउटै क्याबिन परेछ मजा हुने भो भनेर।पर्न त एउटै परेछ तर हामी मात्रै नभएर त्यो त अरु थुप्रै जनाको लागि पनि पो रहेछ त।एउटा क्यबिनमा पन्न्ध्र बीस जना जति बस्नु पर्ने रहेछ।जो अगाडि नै भित्र छिरिइ सकेका थिए उनिहरुले साइड-साइडका ठाँउ ओगटी सकेका थिए।हामीलाई भने यस्तो कुराहरुको केहि पनि जानकारी नभएको कारणले सबै जनाको बीच हिड्ने ठाँउमा थोरै ठाउँमा भएपनी पसलबाट सिरानी र म्याट किनेर ठाउँ रिजर्भ गरि हाम्रो डे ब्यागप्याग लाइ त्यहीं माथी छोडेर बाहिर निस्कियौ। गर्मीको सिजन मान्छेहरू यत्रतत्र छरिएर बसिरहेका थिए।कोही जहाजको माथि टपमा म्याट ओछ्याएर बसिरहेका कोही सुतिरहेका प्रत्येक तलाको बाहिर वरण्डामा बसेर कोही वियर पिइरहेका कोही चुरोट पिइरहेका देखिन्थे ।हामीले पनि भित्र रेट्टुरेन्टमा पसेर वियर र चिकन मगाएर खायौं।कतिपय साथीभाइहरुलाई पानीजहाजको बारेमा सोध्दा,त्यति लामो बाटो बेस्सरी हल्लाउछ जान सक्छस र भने तर मैले तेस्तो हल्लाएको केही थाह पाइन।
एकाध समय फेवातालमा डुगां चलाएको र पौडि खेलेको वाहेक पानी सम्बन्धि अरु केही अनुभव नभएको मान्छेको लागि त सहरमा पो घुमिरहेजस्तो लाग्यो यात्रा भरी ।किनभने त्याहा त सब चिज थिए जुन सहरमा हुने गर्छ। बिहान् जब हामी जहाजदेखी जेजु टापु अोर्र्ल्यौं,कताकता जेजु नभएर अन्तैपो होकि जस्तो भान भयो। तुलनात्मक रुपमा सउल र सउल अासपासमा भन्दा त्याहाँको विकास निर्माणमा केही कमी भएको मैले पाएँ।।मैले त्यो बेला महसुस गरेकि भौगोलिक हिसाबले राजधानीदेखि टाढा रहेपछि नेपालको हुम्ला जुम्ला मात्रै हैन कोरियाको जेजुदोपनि यस मानेमा अछुतो रहेनछ भनेर। हुनत भौतिक भन्दा प्राकृतिक बढी भएको कारणले पनि यताबाट ऊतातिर घुम्न जानेहरुको सङ्ख्या बढी भएको होला। जब जहाज देखि बहिर अोर्र्ल्यौं,त्यहाँका ट्याक्सी डाईवरहरुले निकै पिछा गरेका थिए ।जसरी नेपालको ट्याक्सी चालकलेएयरपोर्ट,ठमेल,लेकसाइड जस्ता पर्यटकीय ठाउँमा पर्यटकहरुसँग डिल गरि आफ्नो ट्याक्सि चढाउन खोज्छन् । हामीले उनीहरूलाई छल्दै त्याहाँको वस टर्मिनलमा पुगियो। जेजुदोमा जतिपनी पर्यटकिय स्थलहरु छन् ,एकाध बाहेक करिब करिब सबै ठाऊ पुगियो।त्याहाँ देखि नि फेरि अर्को जहज चढि ऊदो टापु सम्म पुगियो। सबै ठाउँमा मैले देखेको भनेको प्रकृतिले बनाएको वा दिएको कम थियो भने तेसैमा मान्छेले बनाएको र थपेको मानव निर्मित बढी भएको मैले महशुस गरें। हुनत कसैको लागि त्यहि नै राम्रो लागेको हुन सक्ला मेरो लागि भने, सायद नेपालको हिमाली काखमा टेर्किङ गाइड बनी पर्यटक घुमाउदै हिडिसकेको कारणले नेपालको प्राकृतिक सुन्दरता भन्दा त्याहाँको फिक्का लागेको हुन सक्छ । त्याहाँको लभल्यान्डपार्कले भने छुट्टै प्रकारको आनन्द गरायो।त्याहाँ बएस्कहरुलाइ मात्रै जानू छुट थियो जहाँ मान्छेका यौन कृयाकलापका नग्न तस्वीरहरु वडो कलाकारिताकासाथ वनाइ राखिएको रहेछ।
खानाको पारखिहरुको लागि त्याहाँको कालो वङ्गुर अनि माक्कल्ली पनि चर्चित र छुट्टै स्वादको रहेछ।यसवाहेक कोरियाको जेजुदोमा मात्रै पाइने घोडाको मासुको स्वादपनि त्यहिँ चाखियो।त्याहाँको एउटा कुरा भने अनौंठो लाग्यो।जेजुदो भरि प्रत्येक ठाँउमा एउटा मान्छेको आकृती ढुंगामा कुँदिएर राखिएको थियोे ।ठूला ठूला अाँखा र नाक भएको अनि बिर्के टोपी लगाएको र पेटमा हात राखेको ढुङ्गाको मुर्ति।जहाँ तहिँ देख्न सकिन्छ।यो मुर्तिको वारेमा किवंदन्तिहरु धेरै रहेछन् तर यो मुर्ति कहिलेदेखि कस्ले किन वनाउन थाल्यो यकिन साल संवत् थाहा हुन सकेको रहेनछ। यसलाई कोरियनहरु(돌하르방)दोलहारुबाङ अर्थात हजुरवुवा भन्दारहेछन्। जानकार हरुका अनुसार आफ्नो घर परिवार टोलमा रोग ब्याधी नलागोस खराब आत्माहरु नपसुन् अनि लडाई झगडा नहअोस् भनी वनाउन शुरु गरेको हुन् भन्ने भनाई छ।यो मुर्ति जेजुदोको पुरै ठाउँमा ढुङ्गा र काठमा कुदिँएर वनाएको देख्न सकिन्छ । हामीले जेजुदो घुम्दा जानैपर्ने ठाउँको सुचिमा रहेको हाल्लासान माउन्टेन विविध कारणले चढ्न पाइएन ।जुन कोरियाकै सवभन्दा अग्लो पहाड १९४७ मिटर यसको उचाइ रहेको भनी चिनिन्छ।यो पहाड चढ्नलाई हामीसँग पर्याप्त जानकारी थिएन ।
उसो त समयपनि हाम्रो एकदम टाइट थियोे ।पहाड चढ्दा झर्दा लाग्ने समय अनि कुन वेला चढ्ने उपयुुक्त सिजन जस्ता कुराहरुको जानकारि केहि थिएन। जे होस् हाल्लासान चढ्ने सपना अधुरै राखियो।कुनै साल मिलेछभने जाउँला त्याहाँपनि।एउटा पर्यटन व्यावसायमा पनि रमाईसकेको नाताले र भविष्यमा पनि तै व्यावसायतर्फ ढल्किने सोँच वनाउदै गर्दा मैले त्याँहाको कुराहरु गहिरिएर हेर्नू र वुझ्नु पर्ने थियो तर समयको अभावमा गुह्यकुराहरु नवुझि सतहि वाह्यकुराहरु मात्रै हेरि फर्किइयो।सायद फेरि अर्को पल्ट जाने अवसर मिलेको खण्डमा त्याहाँको पर्यटन क्षेत्रको खास खास कुराहरु भित्री रुपमा गएर वुझ्ने प्रयास अवश्य हुनेनैछ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस