काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि पूर्ण रूपमा विद्यार्थीको भौतिक उपस्थितमै सञ्चालन गर्न निर्देशन दिएसँगै विद्यालयहरूले परीक्षाको तयारी गर्न थालेका छन् । वैशाखमा हुनुपर्ने परीक्षाको कोर्ष फागुन चैतमै सकेको थियो । कोरोना उच्च जोखिमका कारण सरेको परीक्षा चाार महिनापछि साउन ३१ गतेदेखि सञ्चालन हुने तय भएको छ ।
परीक्षा साउन ३१ गतेदेखि सञ्चालन हुने भएपछि विद्यार्थीहरूलेनै आफुले अध्ययन गरेका विषयवस्तुहरू लेख्ने र पढ्ने बानी बिर्सेको भन्दै विद्यालयहरूमा पुनःतयारीको दबाब दिएपछि विद्यालयहरूले सोमबारदेखि विद्यार्थीलाई विद्यालयमै बोलाएर कक्षा १२ को प्रि–बोर्ड परीक्षा सञ्चालन गरेका छन् । छाउनीमा रहेको काठमाडौं भ्याली स्कुल कलेजमा सोमबार पुग्दा विद्यार्थीहरू स्वास्थ्य सुरक्षाको मापदन्ड पूर्ण रूपमा पालना गरी प्रि-बोर्ड परीक्षाका लागि पुगेका थिए ।
विहानै सवेरै परीक्षाको तयारीकोलागि प्रि-बोर्ड परीक्षामा सहभागिता जनाउँन पुगेका विद्यार्थीहरू मास्क, स्यानिटाइजर, फेससिल्ड लगाएतका सम्पूर्ण मापदन्ड पालना गरेका थिए । मनमा कोरोनाको त्रास भए पनि आफ्नो परीक्षा ढिलाइ कारण भविष्य नै अन्योलमा परेकोले भौतिक उपस्थितमै स्वास्थ्य सुरक्षाको मापदन्ड पालना गरेर परीक्षा दिन पाउदा खसी लागेको सुनाए । यति मात्र होइन प्रि–बोर्ड परीक्षाले विर्सेका विषयवस्तुहरू ताजा हुने विद्यार्थीहरूको भनाइ थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस