काठमाडौँ- कोरोना संक्रमणको अवस्था हेरेर मात्रै कक्षा-१२ को परीक्षाबारे राष्ट्रिय परीक्षा बोर्डले निर्णय लिने भएको छ । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले कोरोनाले रोकिएको परीक्षाबारे तत्काल केही निर्णय नलिने बताए ।
उनले भने, “अहिले पनि कोरोना संक्रमणको जोखिम कायम नै छ। अहिलेसम्म परीक्षाबारे केही छलफल भएको छैन।”
उनले प्रश्नपत्र छापेर तयारी अवस्थामै राखेको पनि जानकारी दिएका छन् । उनका अनुसार कोरोना संक्रमणका कारण साढे चार लाख विद्यार्थीको परीक्षा रोकिएको छ ।
बोर्डले गत जेठ १३ गतेदेखि एसइई र जेठ २६ गतेदेखि कक्षा-१२ को परीक्षा सञ्चालन गर्न परीक्षा तालिका सार्वजनिक गरेको थियो । तर, कोरोना संक्रमणदर बढ्दै गएपछि बोर्डले गत वैशाख २७ गते एसइई र कक्षा-१२ को परीक्षा स्थगित गरेको थियो ।
त्येस्तै, एसइई परीक्षा भने आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित हुने भएको छ । यता,त्रिभुवन विश्वविद्यालयले भने कोरोनाबाट स्थगित त्रिविअन्तर्गतका स्नातक तहको वार्षिक परीक्षा साउन ५ गतेबाट सञ्चालन गर्ने गरी बिहीबार तालिका सार्वजनिक गरिसकेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस