टोकियो— विश्वव्यापी महामारी कोरोना भाइरसका कारण जापानका ७२ प्रतिशत बढी बालबालिकाहरुको मानसिक स्थितिमा असर परेको एक सर्वेक्षणले जनाएको छ । राष्ट्रिय बाल स्वास्थ्य तथा विकास केन्द्रले हालै गरेको एक अध्ययनका अनुसार कोरोना भाइरसका बारेमा धेरै सोच्ने तथा त्यसकै बारेमा चिन्तन गर्ने बानी लागेका कारण उनीहरुमा एकाग्रतामा कमी, नराम्रा कुरा गर्ने जस्ता मानसिक समस्या परेको पाइएको हो ।
उक्त सर्वेक्षण अनुसार ९ प्रतिशत बालबालिकाहरुमा कोरोना संक्रमण पश्चात आफैलाई दुःख दिने, शारिरिक पिडा दिने लगायतका गतिबिधिहरु गर्ने गरेको पाइएको छ । ३२ प्रतिशत बालबालिकाले आफूमा कोरोना भाइरस भएको कुरा सार्वजनिक गर्न नमानेको तथा ४७ प्रतिशतले आफूमा कोरोना लागेको कुरा गोप्य राख्दछन् भन्ने कुरामा विश्वास गरेको पाइएको छ ।
उक्त सर्वेक्षण अनुसार २२ प्रतिशतले आफूहरु एक पटक संक्रमित भएर निको भइसकेकाहरुसँग सम्पर्कमा आउन नचाहेको समेत बताएका छन् ।
जुलाई १५ बाट २६ सम्म सञ्चालन गरिएको उक्त सर्वेक्षण मा ६७७२ जनाको विचार लिइएको थियो । उनीहरु मध्ये ९८१ जना ७ बर्ष बाट १७ बर्ष सम्मका थिए भने बाँकी ५७९१ जना १७ बर्ष भन्दा माथिका रहेका थिए ।
उक्त अध्ययन पश्चात केन्द्रले आमा बाबुलाई आफ्ना छोराछोरीसँग सम्बेदनशील रुपमा प्रस्तुत हुन अनुरोध गरेको छ । उनीहरुसँग झर्किने भन्दा पनि समस्याहरु सुनिदिने तथा सकारात्मक राय सल्लाह दिन समेत केन्द्रले अनुरोध गरेको छ । यस्तो बेला बालबालिकामा तनाव हुनु स्वभाविक रहेको भन्दै केन्द्रले आमाबाबुले समस्या समाधानमा अहम भुमिका खेल्नु पर्नेमा जोड दिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस