विद्यालयमा रहेका क्वारेन्टाइन र आइसोलेसन हटाउने मन्त्रिपरिषद्काे निर्णय
काठमाडौँ: सरकारले नयाँ शैक्षिक शत्रका क्रियाकलाप सञ्चालनका लागि विद्यालयमा रहेका क्वारेन्टाइन र आइसोलेसन हटाउने निर्णय गरेको छ । भदौ १ गतेदेखि नयाँ विद्यार्थी भर्ना र कक्षागत रुपमा विद्यार्थीको सङ्ख्यात्मक विवरण यकिन गर्दै भर्ना भएका विद्यार्थीको शैक्षिक तथ्याङ्क भराउने निर्णयसमेत सरकारले गरेको छ ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.युवराज खतिवडाले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै भदौ १ गतेदेखि विद्यार्थी भर्ना, तथ्याङ्क भराउने जस्ता शैक्षिक क्रियाकलाप सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
मन्त्री डा. खतिवडाका अनुसार, विद्यालयको शैक्षिक शत्रका गतिविधि सञ्चालनका लागि भदौ १ गतेभित्रै सम्बन्धित विद्यालयमा शिक्षकहरू पुगीसक्नुपर्नेछ । विद्यालयमा रहेका क्वारेन्टाइन र आइसोलेसन हटाएर सो स्थानलाई अध्ययन अध्यापनयोग्य बनाउन निर्मलीकरण गर्नुपर्नेसमेत जनाइएको छ । विद्यालयमा विद्यार्थी आवागमनमा प्रतिकूल असर पर्नेगरी क्वारेन्टाइन र आइसोलेन नराख्नसमेत सरकारले आग्रह गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस