दमौली- पूर्व राष्ट्रपति डा रामवरण यादवले शिक्षा क्षेत्रको विकासका लागि समुदायको महत्वपूर्ण भूमिका रहने बताएका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडास्थित पञ्चमुनीदेव माध्यमिक विद्यालयको आज स्वर्णमहोत्सवमा पूर्व राष्ट्रपति यादवले समुदायको निरन्तर खबरदारी रहे शिक्षा क्षेत्रको विकास सम्भव हुने विश्वास व्यक्त गरे ।
समुदाय, शिक्षक र अभिभावकको हातेमालोबाट शिक्षाको गुणस्तर अभिवृद्धि हुनसक्ने चर्चा गर्दै पूर्व राष्ट्रपति यादवले भने, “पञ्चुमुनीदेव विद्यालय आज यो अवस्थामा आइपुग्न समुदायको ठूलो हात रहेको सुन्न पाउँदा खुशी लागेको छ ।” देशको शिक्षाको स्थिति राम्रो नरहेको बताउँदै पूर्व राष्ट्रपति यादवले धेरै राजनीतिक परिवर्तन भए पनि शिक्षाको अवस्था भने परिवर्तन हुन नसकेकोमा दुःखेसो गरेका छन् ।
विद्यालय तथा क्याम्पस धेरै स्थापना भए पनि गुणस्तरीय विद्यालय, क्याम्पसको अत्यन्तै कमी रहेको भन्दै पूर्व राष्ट्रपति यादवले संसारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने खालको शिक्षा आवश्यक रहेकोमा जोड दिए । प्रविधिलाई शिक्षासँग जोड्नुपर्ने अहिलेको मुख्य चुनौती रहेको बताउँदै पूर्व राष्ट्रपति यादवले बालबालिकालाई दुव्र्यसनीबाट बचाएर दक्ष बनाउनुपर्नेमा जोड दिएका छन् । अबको युग प्राविधिक शिक्षाको भएको चर्चा गर्दै उहाँले प्राविधिक शिक्षामा सरकारले लगानी बढाउनुपर्नेमा सुझाव दिएका छन् ।
पूर्व राष्ट्रपति यादवले जनताले छानेको प्रतिनिधिबाट निर्माण भएको नेपालको संविधान लोकतान्त्रिक र गणतान्त्रिक, समावेशी र समानुपातिक रहेको बताएका छन् । संविधानले विधिको शासन स्थापित गरेको बताउँदै उनले वर्तमान जनप्रतिनिधिले संविधानलाई ठिक ढङ्गबाट प्रयोग गरी मुलुकको विकास गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री आशा कोइराला, नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल, शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङलगायतले शिक्षा क्षेत्रको विकासका लागि सबै जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिएका छन् । सो अवसरमा विद्यालयका प्रधानाध्यापक धु्रव मल्लले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
विसं २०७४ मा सरकारबाट नमूना विद्यालय घोषणा भएको विद्यालयमा दुई हजार ३०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म नेपाली तथा अङ्ग्रेजी माध्यमबाट पढाइ हुँदै आएको छ । विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आयोजित भलिबल प्रतियोगिताका विजेतालाई सो अवसरमा पुरस्कार वितरण गरिएको थियो । भलिबल प्रतियोगितामा शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरेस्थित जनप्रेमी माध्यमिक विद्यालय प्रथम, आयोजक विद्यालय पञ्चमुनीदेव द्वितीय र कास्कीको गोगन माध्यमिक विद्यालय तृतीय हुन सफल भएको थियो । विजेताले क्रमशः नगद रु ५० हजार, ३० हजार र २० हजार प्राप्त गरेको छ ।स्वर्णमहोत्सवको अवसरमा जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता, दौड प्रतियोगिता, विज्ञान प्रदर्शनी लगायतका कार्यक्रम सम्पन्न भएका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस