काठमाडौँ-शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयलाई प्राज्ञिक उन्नयन र अनुसन्धान गर्ने थलोका रुपमा विकसित गर्नुपर्नेमा जोड दिएका छन्। नेपाल प्राध्यापक सङ्घद्वारा आज यहाँ आयोजित प्रमाणपत्र वितरण तथा कार्यभार हस्तान्तरण समारोहमा उनले विश्वविद्यालयलाई राजनीतिक महत्वकाङ्क्षा पूरा गर्ने थलो बनाउन हुँदैन।
मन्त्री पोखरेलले उच्च शिक्षा विधेयक , प्राविधिक तथा व्यावसायिक शिक्षा विधेयक सैद्धान्तिक सहमतिको लागि मन्त्रिपरिषद्मा गएको जानकारी दिए। त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाले आगामी दिनमा विश्वविद्यालयलाई ज्ञान तथा अनुसन्धनात्मक थलोका रुपमा विकास गर्न सबै मिलेर लाग्नुपर्ने उल्लेख गरे।
गत कात्तिक ३० गते सङ्घको निर्वाचन सम्पन्न भएको थियो। निर्वाचनबाट अध्यक्षमा प्रा डा बुद्धबहादुर थापा क्षेत्री, उपाध्यक्ष डा रमेशकुमार जोशी, महासचिव नरेन्द्रप्रसाद शिवाकोटी, सचिव वैकुण्ठप्रसाद खनाल र कोषाध्यक्षमा देवराज अवस्थी निर्वाचित भएका थिए।
त्यसैगरी सदस्यमा डा उदयकिशोर तिवारी, गणेश पाण्डेय, डिल्लीप्रसाद पाण्डेय, तोरणदीप धिताल, नेत्रप्रसाद न्यौपाने, भूमा शर्मा पाण्डे, भोजराज शर्मा, राजकुमार सुवेदी, शेरबाहदुर गुरुङ, पर्शुराम कोइराला, प्रा डा जगतबहादुर सिंह, प्रा डा राजनारायण यादवलगायत सदस्यमा निर्वाचित भएका थिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस