काठमाडौ-प्राबिधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी ) सानोठिमी भक्तपुरले मापदण्ड बिपरित बिद्यार्थीहरुबाट शुल्क असुलेको भन्दै अखिल (क्रान्तिकारी) क्षेत्रिय समन्वय समितिले सिटिईभिटीका सदस्य सचिव पुष्परमन वाग्लेलाई ध्यानाकर्षण पत्र बुझाएकाे छ ।
संयोजक सुनिल बन्जाडेद्वारा जारि ध्यानाकर्षण पत्रमा प्राविधिक शिक्षा मार्फत राज्यलाई आवश्यक जनशत्ति उत्पादन गर्ने सीटीईभीटी राज्यका जिम्मेवार निकायहरुकाे गैरजिम्मेवारी,लाचारी र भ्रष्ट मानसिकताले शैक्षिक माफियाको केन्द्र बिन्दु भएको आरोप लगाउदै सीटीईभीटी सबै जनताकाे पहुँचमा हुनुपर्नेमा केही अमुक वर्गकाे बन्दै गएकाेप्रति खेद व्यत्त गरेका छन् ।
पछिल्लो बर्षहरुमा शैक्षिक सत्रको सुरुवात संगसंगै सिटिईभिटीबाट सम्वन्धन प्राप्त कलेजहरुले मनोमानी ढंगले मापदण्ड बिपरित शुल्क बृद्दिगरि आम गरिब का छोराछोरीहरुलाई दिनदहाडै लुट्पाट गरिरहदा समेत सीटीईभीटी प्रशासन निरिह र निकम्मा बन्नुले गम्भीर बनाएको ध्यानाकर्षणपत्रमा उल्लेख छ ।
सीटीईभीटीबाट सम्वन्धन प्राप्त कलेजहरुले बिधार्थीहरुबाट मापदण्ड बिपरित असुलेको शुल्क तुरुन्त फिर्ता गर्न चेतावनी दिदै अन्यथा भ्रष्ट शैक्षिक माफियाहरुलाई बडार्ने चेतावनी समेत ध्यानाकर्षणपत्रमा उल्लेख छ । पछिल्लाे समय सीटीईभीटीद्वारा सम्बन्धन प्राप्त कलेजहरुले मनाेमानी ढंगबाट शुल्क असुल गरिहेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस