काठमाडौं – मिनी संसद्को रूपमा रहेको संसद्को शिक्षा तथा स्वास्थ्य समितिले एमबीबीएस अध्ययनका लागि ३१ लाख रुपैयाँसम्म निर्धारण गर्ने गरी प्रतिवेदन ल्याउने अन्तिम तयारी थालेको छ ।
समितिले प्रतिवेदनमार्फत् एमबीबीएस अध्ययनका लागि २८ देखि ३१ लाखसम्म मात्रै लिन पाउने व्यवस्था गराउन सरकारलाई निर्देशन दिने तयारीसमेत थालेको छ ।
मेडिकल शिक्षा (एमबीबीएस) अध्ययनका लागि २८ लाखदेखि ३१ लाखसम्म शुल्क निर्धारण गर्ने गरी प्रतिवेदन ल्याउने तयारी भइरहेको मेडिकल कलेजको शुल्क विवादलगायत विविध विषयमा अध्ययन गर्न गठित उपसमितिका संयोजक सुरेशकुमार राईले बताए ।
‘१५० सिट संख्या क्षमता भएका मेडिकल कलेजहरूले ३० जना अनिवार्य छात्रवृत्ति र २० देखि ३० जना विदेशी विद्यार्थीहरू भए भने अन्य विद्यार्थीको शुल्क २८ देखि ३१ लाख रुपैयाँ लिन सकिन्छ । १ हजार ५ सयदेखि २ हजार ५ सय बिरामी सम्बन्धित मेडिकल कलेजको अस्पतालमा आउनुपर्ने हुन्छ,’ उनले भने । मेडिकल कलेजहरूले स्कूल ल्याब, बेसिक साइन्स, भौतिक पूर्वाधार, फ्याकल्टीलगायतमा सम्झौता गर्न नहुने उनले बताए ।
५० सिट वा सोभन्दा माथि क्षमता भएका मेडिकल कलेजहरूले आफ्नो क्षमता बढाउँदै लैजानुपर्ने, भौतिक पूर्वाधारलगायतमा क्षमता अभिवृद्धि गर्नुपर्ने प्रस्ताव प्रतिवेदनमा गरिने भएको छ ।
धुलिखेल मेडिकल कलेज, बीपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतले ३१ लाख रुपैयाँसम्म एमबीबीएसमा अध्यापन गराउन सक्ने समितिका एक सदस्यले बताए तर यी कलेजहरूले ४० लाख बढी असुल्ने गरेको पाइएको छ ।
प्रदेश सरकारले प्रतिभावान् विद्यार्थीलाई एमबीबीएस पढाउनुपर्ने यस्तै, स्थानीय वा प्रदेश सरकारले प्रतिभावान् विद्यार्थीलाई संयुक्त वा आफ्नै तरिकाले एमबीबीएस पढाउनुपर्ने प्रस्ताव पनि गरिएको छ । तर ती विद्यार्थीले अनिवार्य रूपमा प्रदेश सरकारले तोकेबमोजिम शर्त पूरा गर्नुपर्ने प्रतिवेदनमा समेट्ने तयारी गरिएको उपसमितिका संयोजक राईले बताए ।
मापदण्ड नपुगेर स्थापना भएका र स्तरवृद्धि नगरिएका मेडिकल कलेजहरूलाई केही समयका लागि मापदण्ड पुर्याउन अल्टिमेटम दिइने प्रतिवेदनमा समावेश गरिने तयारी छ । यदि सो समयमा स्तरवृद्धि नभए र मापदण्ड नपुगे मेडिकल कलेजको सम्बन्धन खारेज गर्न सरकारलाई निर्देशन दिनुपर्ने प्रस्ताव प्रतिवेदनमा गरिने छ ।
मेडिकल शिक्षा पढ्न योग्य विद्यार्थीहरूलाई सहुलियत ऋणको व्यवस्था गर्नुपर्ने र सो ऋण विद्यार्थीले अध्ययन गरेपश्चात् तिर्दै जाने विषय प्रतिवेदनमा समेट्ने तयारी छ । एकद्वार प्रणालीको विकासका लागि मेडिकल शिक्षामा कमन इन्ट्रान्सको अनिवार्य व्यवस्था हुनुपर्ने पनि प्रतिवेदनमा समेट्ने तयारी छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस