वि.सं.२०८० साल असाेज ५ गते । शुक्रवार । ईश्वी सन् २०२३ सेप्टेम्बर २२ तारिख ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन् । मिहिनेत परे पनि भाग्यले सफलताको उचाइमा पुर्याउनेछ । तर स्वास्थ्य कमजोर रहनाले काम पूरा गर्न समय लाग्नेछ । जिम्मेवारी बढे पनि न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ । स्वास्थ्यका लागि आहारविहारमा विशेष ध्यान पुर्याउनुहोला ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
आतिथ्यपूर्ण सत्कार पनि पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । धनलाभ हुनेछ र विभिन्न भौतिक वस्तुहरू जुटाउन सकिनेछ । रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय छ । तर प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । अर्थहानि हुन सक्छ । स्वास्थ्यमा कमजोरी देखापर्न सक्छ । स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
व्यापार र पेसाबाट प्रशस्त लाभ हुनेछ । आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला । पशुपालन तथा कृषि क्षेत्रबाट पनि फाइदा उठाउन सकिनेछ । मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ । पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ ।
प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन् ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ । पुरुषार्थद्वारा शत्रुको मनोबल कमजोर बन्नेछ । पेसा-व्यवसायतर्फ मनग्य फाइदा उठाउन सकिने समय छ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ । स्वास्थ्य सबल रहनेछ । अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
अभिव्यक्ति र लेखन कलामा पनि निखारता आउनेछ । काममा शुभचिन्तकहरूको सहयोग जुट्नेछ । आम्दानीका स्रोत बढ्नेछन् । अरूलाई दिएको वचन पूरा गर्न नसक्दा मन खिन्न रहला । बिहान घरेलु काममा अलमलिनुपरे पनि दिन उपलब्धिमूलक रहनेछ । अध्ययनको नतिजा राम्रो आउनेछ । पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
मिहिनेतले दिगो फाइदा दिलाउनेछ । छोटो समयमै राम्रो प्रतिफल प्राप्त हुनेछ । नयाँ काम र व्यापारमा बिहानको समय अनुकूल रहनेछ । दिउँसोदेखि आफन्त र साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ने समय छ । अरूकाे विवाद मिलाउन अघि नसर्नुहाेला । परिस्थितिसँग सम्झौता गर्नुपर्ने हुन सक्छ । तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
दिगो काम प्रारम्भ हुनाले आम्दानीका स्रोत बढ्नेछन् । व्यापार तथा साझेदारीमा लाभ हुनेछ । मिहिनेत गर्दा काममा अनुमानभन्दा बढी फाइदा उठाउन सकिनेछ । लाभांशबाट अरूको समेत सेवा गर्न सकिनेछ । अध्ययनमा प्रगति हुनेछ । लेखन कला र अनुभवलाई पनि निखार्ने अवसर प्राप्त हुनेछ । विविन्न भौतिक सुविधाका वस्तुहरू जुटाउन सकिनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
प्रयत्न गर्दा रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ । तर ईर्ष्या गर्नेहरूले भने दुःख दिनेछन् । आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ । वादविवादमा परिने सम्भावना देखिएकाले कम बाेल्नु राम्राे हुनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
केही अवसर प्राप्त हुनेछन् तर काम राेकिन सक्छ । आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन् । हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ । सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला । अरूको विश्वासमा पर्दा धोका हुन सक्छ । टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
विशेष भेटघाटले काममा उत्साह बढाउला । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ । व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । रोकिएको काम बन्नेछ भने जिम्मेवारी बढ्न सक्छ । तर सानाे काममा बढी रकम बाहिरिन सक्छ । आर्थिक समस्याले अलि दु:ख पाइनेछ । खर्च बढ्नाले अर्थ संग्रहमा बाधा पुग्नेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ । पुराना कामको चर्चा हुनेछ भने मिहिनेत गर्दा उपलब्धिको स्रोत प्राप्त हुनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि जग बसाउने मौका छ । तर अवसर आए पनि जिम्मेवारी सम्हाल्न बाधा पर्नेछ । उठ्नुपर्ने रकम पनि अड्किन सक्छ । अरूका काममा समय खर्चनुपर्दा आफ्ना काम रोकिन सक्छन् ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
विशेष कामको यश लिने सौभाग्य प्राप्त हुनेछ । शुभचिन्तकहरूले साथ दिनेछन् भने भविष्यका लागि कर्मनिश्चय गर्ने समय छ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सफलता मिल्नेछ । भाग्योन्नतिको समय छ । पहिलेकाे उपलब्धिले उत्साह जगाउनेछ । एउटै कामबाट दोहोरो फाइदा उठाउन सकिनेछ । सामाजिक काममा रुचि बढ्नेछ । आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामा प्रवृत्त गराउनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस