वि.सं.२०८० साल भदाै १७ गते । आइतवार । ईश्वी सन् २०२३ सेप्टेम्बर ३ तारिख ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
सहयोगीहरूले साथ दिनेछन् । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन आउन सक्छ । कामका लागि रकम जोहो गर्ने समय छ । आफन्त र परिवारबाट टाढिनुपरे पनि दिन उपलब्धिमूलक रहनेछ । टाढाका साथीभाइको निम्तो प्राप्त हुनेछ । अवसरको खोजीमा दौडधुप भने गर्नुपर्ला ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
आवश्यक भौतिक साधन सजिलै जुट्नेछन् । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन् । साँझदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ । आँटेको काममा बाधा हुन सक्छ । आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ । सोखले फजुल खर्च बढाउनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । कर्मयोगले नाम, दाम र इनाम दिलाउन सक्छ । अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । तर अरूका काममा समय खर्चनुपर्दा पछि परिनेछ । सामाजिक जिम्मेवारी पूरा गर्नमा बाधा हुनेछ । अवसरवादीहरूले कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन् । पेसा-व्यवसायमा कम मात्र फाइदा हुनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
मिहिनेतले कार्यसिद्धि हुनेछ । नयाँ अवसर प्राप्त हुनेछ । पेसा-व्यवसायमा पनि मनग्य फाइदा हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । प्रतिष्ठित काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ । शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ । आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । आफ्नो श्रम परे पनि कामकाे प्रतिफलमाथि अरूले राज गर्नेछन् । साँझतिर स्थितिमा सुधार आउनेछ । तर स्वास्थ्य कमजाेर रहनेछ । खर्च र चुनौतीको समय रहेको हुँदा व्यवहारमा पनि सजग रहनुपर्ला । कामको चाप बढ्नेछ तर सानोतिनो समस्यामाले अल्झाउन सक्छ । अवसरको खोजीमा दौडधुप गर्नुपर्ला ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
भौतिक वस्तुहरू जुटाउन सकिनेछ । साँझदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने देखिन्छ । स्वास्थ्यका लागि सजग रहनुहोला । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। आफन्तकाे उपहारले प्रसन्नता मिल्नेछ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने परिवारजनको साथले उत्साह जगाउनेछ । व्यवसायबाट आम्दानी भइरहनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपर्ला । साँझतिर स्थितिमा सुधार आउनाले राेकिएकाे काम बन्नेछ । व्यापार बढ्नुका साथै पेसा-व्यवसायमा लाभ हुनेछ । मिहिनेत गर्दा पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ । परिस्थितिको चक्रमा अलमलिनुपर्दा काम बन्न समय लाग्नेछ । आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्छन् । सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
अध्ययनमा धेरै समय दिन नसक्दा पछि परिनेछ । लगनशीलताले मात्र परिस्थितिलाई बदल्न सक्छ । साँझतिर स्थितिमा सुधार आउनेछ । आँटेकाे काम गर्न सफल भइनेछ । पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । परिस्थितिवश चिताएको काममा विलम्ब हुनेछ । अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्ला ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ । काम बन्नेछ । विद्यार्थीहरूकाे अध्ययनमा प्रगति हुनेछ । मिहिनेतले सम्मानित स्थानसमेत दिलाउनेछ । तर शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ । अप्ठ्यारो परिस्थिति अँगाल्दै अघि बढ्नुपर्ने समय छ । समस्या दर्साउँदा साझेदार तथा आफन्तजन सहयोगीका रूपमा देखा पर्नेछन् ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
शुभचिन्तककाे साथ-सहयाेगले काम गर्न सकिनेछ। तर विवादास्पद कामकाे जिम्मेवारी आउन सक्छ । हडबडको त्रुटिले काम दोहोर्याउनुपर्ला । केही घरायसी समस्याले आफन्त टाढिन सक्छन् । परिस्थिति अलि संघर्षपूर्ण रहन सक्छ । अरूका काममा धेरै समय अलमलिनुपर्ला । अरूको विश्वास गर्ने बानीले समस्या निम्त्याउला ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
चुनौती पन्छाएर काम बनाउन सकिनेछ । विभिन्न कामका अवसर प्राप्त हुनेछन् भने पेसा-व्यवसायमा पनि फाइदा हुनेछ । अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला । अध्ययन र व्यापारमा सामान्य प्रगति हुनेछ । मिहिनेतीहरूलाई सामान्य फाइदा भइरहनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले सजग रहनुहोला ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
मिहिनेतले केही काम गर्न सकिनेछ । स्राेत-साधन जुटाउने समय छ । रमाइलो जमघट एवं भोजभतेरको अवसर प्राप्त हुनेछ । तर समयमा सजग नहुँदा फाइदा लिने अवसर गुम्न सक्छ । खानपानको सोखले स्वास्थ्य पनि प्रतिकूल बन्ने देखिन्छ । आगन्तुकले व्यर्थैमा अलमल्याउन सक्छन् । अवसर प्राप्त भए पनि चुनौतीसँग जुध्नुपर्ने समय छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस