वि.सं.२०८० साल भदाै १३ गते । बुधवार । ईश्वी सन् २०२३ अगस्ट ३० तारिख ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व बढ्नेछ । मेहनत गर्दा आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन् । पुरानो समस्या सुल्झानाले विभिन्न अवसर प्राप्त हुनेछन् । पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ । तर अरूको इच्छाअनुकूल काम गर्नुपर्ने देखिन्छ । आफ्ना कमजोरी भरसक सार्वजनिक नगर्नुहोला । किनमेलमा केही रकम खर्च हुनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
पुरुषार्थी काम गर्दै लाभ उठाउन सकिनेछ। काम पूरा नभए पनि दिगो योजना बन्नेछ । दिगाे उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । प्रयत्न गर्दा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। परोपकारी काममा प्रवृत्त भइनेछ । आँटेका काम बिहानै गर्दा फाइदा हुनेछ । सामाजिक जिम्मेवारी तथा नेतृत्व हातलागी हुनेछ । अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
नयाँ काम गर्ने अवसर जुट्नेछ । विशेष भेटघाटले उत्साह जगाउनेछ । प्रयत्न गर्दा सामाजिक जिम्मेवारी प्राप्त हुनुका साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व पनि हातलागी हुने समय छ । दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
व्यापार-व्यवसायमा फाइदा उठाउन सकिने छ । चिताएकाे काम बिहानै गर्दा फाइदा हुनेछ । तर मध्याह्नदेखि हिसाबमा देखिएको लाभांश हातलागी हुन समय लाग्नेछ । कामको चाप बढ्नेछ र सानोतिनो समस्याले अल्झाउन सक्छ । वादविवादले साथीभाइमा फाटो ल्याउन सक्छ । अरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् । वादविवादले प्रेम र मित्रताको बन्धन कमजोर रहला ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
काम बन्नाले जिम्मेवारी बढ्न सक्छ । दिगो फाइदा हुने काम प्रारम्भ हुने छ। केही रकम सञ्चय गर्न पनि सकिनेछ ।नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला । मिहिनेतको राम्राे फल प्राप्त हुनेछ । आयस्राेत बढ्नाले उत्साह जाग्नेछ । श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । नयाँ काम प्रारम्भ हुनेछ । विशेष काम बिहानै गर्नु फाइदाजनक हुनेछ । अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । तर मध्याह्नदेखि प्रतीक्षा गरिएको नतिजा पनि कमजोर रहनेछ । सहयोगीहरूले काममा साथ दिन छाड्नेछन् भने अस्वस्थताले व्यवसायमा पनि बाधा पुर्याउन सक्छ । सामान्य प्रतिस्पर्धामा अलमलिनुपर्ला ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
दिगो काम प्रारम्भ गर्ने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । बिस्तारै मनको डर हराउनेछ । मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ । सहपाठीहरू पछि पर्नेछन् भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
चुनौती पन्छाएर काम बनाउन सकिनेछ । बुद्धिको उपयोगले सफलता मिल्नेछ । लगनशीलताले आंशिक उपलब्धि दिलाउनेछ । तर बन्धु-बान्धवबीच आत्मीयतामा कमी आउन सक्छ । अवसरले पछ्याए पनि चुनौतीहरूसँग जुध्नुपर्नेछ । प्रगतिमा ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन् । अप्ठ्यारा परिस्थिति सुल्झाउन जुट्नुपर्ला । विवादास्पद कामको जिम्मेवारी वहन गर्न सकिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
चुनौतीभित्र अवसर खोज्ने समय छ । नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुनसक्छ । महत्त्वपूर्ण काम बिहानै गर्नु राम्रो हुनेछ । आँट गर्दा दिगो काममा हात हाल्न सकिनेछ । बोलीको प्रभाव बढ्नाले विशेष अवसर प्राप्त हुनेछ । मध्याह्नदेखि आफ्नै सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन् । हठले अप्ठ्यारो पार्न सक्छ । आफ्नो प्रतिफलमाथि अरूले राज गर्नेछन् ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
बोलीको प्रभाव बढ्नाले आर्थिक क्रियाकलापमा फाइदा हुनेछ । अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । आजको उपलब्धिले थप उत्साह जगाउनेछ । प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ । हिम्मतले काम बनाउन सकिनेछ । पछिसम्म लाभ हुने काम प्रारम्भ गर्न सकिनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
आजको श्रमबाट पछिलाई फाइदा हुनेछ । सहयोगीहरूले साथ दिनेछन् भने नयाँ कामको प्रस्ताव आउनेछ । कर्जामार्फत खर्च जुटाउन सकिनेछ । स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ । पारिवारिक भेटघाटले खुसियाली छाउनेछ । मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ । काममा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन् । विदेश ताक्नेहरूलाई सुखद समाचार प्राप्त हुनेछ । प्रयत्न गर्दा देश–विदेश घुम्ने अवसर जुट्न सक्छ । पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । तर मध्याह्नदेखि खर्चिलो काम प्रारम्भ हुनेछ । यसका लागि धेरै रकम जुटाउन र आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस