वि.सं.२०८० साल साउन ३१ गते । बुधवार । ईश्वी सन् २०२३ अगस्ट १६ तारिख ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
पछिका लागि काम गर्न सकिनेछ । स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुहाेला । हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ । तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ । बेसुरमा बोल्ने बानीले पनि दु:ख पाइनेछ । हल्लाको विश्वास गर्दा धोका पाइनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
व्यावसायमा फड्को मार्न सकिनेछ । प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन् । रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ । व्यापारमा प्रशस्त फाइदा हुनेछ। साहसी काम गरेर अरूको मन जित्न सकिनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । साँझतिर कामको मेसो नमिल्दा पछि परिनेछ । सहयाेगीले साथ दिन छाड्नेछन् र काम बिग्रने भयले सताउनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला । साँझदेखि स्थितिमा सुधार आउनाले नयाँ कामतर्फ अग्रसर भइनेछ । व्यापार बढ्नाले धनलाभ हुनेछ । विभिन्न भौतिक साधन संग्रह गर्ने अवसर प्राप्त हुनेछ । तर आफ्नै वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्नेछन् । बोलीको गलत अर्थ लाग्न सक्छ । सञ्चित रकम खर्च हुनेछ । अरूको मुख ताक्ने बानीले पछि परिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आफन्तसँग भेटघाट हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ । सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर जुट्नेछ । तर सहयोगीहरूकाे भरपर्दा पछि परिएला । आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ । आगन्तुकहरूले अलमल्याउन सक्छन् । अवसर प्राप्त भए पनि भूलवश काममा बाधा होला । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
सम्भावना देखिए पनि उपलब्धि हातपार्न धेरै श्रम गर्नुपर्ला । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ । आकस्मिक खर्च बढ्नेछ भने आम्दानी कम हुनेछ । व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ । समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
प्रयत्न गर्दा उठ्नुपर्ने रकम हातलागी हुनेछ । सञ्चित धनको उपयोग गर्नुपर्ने हुन सक्छ । व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला । व्यापारमा लगानीकाे जाेहाे गर्नुपर्ने समय छ । तत्काल सोचेको लाभ भने नउठ्न सक्छ ।पेसा–व्यवसायमा कम फाइदा हुनेछ । साँझतिर धनमाल हराउने तथा आर्थिक हानि हुने समय रहेकाले सतर्कता अपनाउनुहोला ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
मिहनेतले नाम, दाम र प्रतिष्ठा दिलाउनेछ । सामाजिक दायित्व हातलागी हुनेछ । व्यापार बढ्नेछ, आयस्राेत सबल बन्नेछ र उठ्नुपर्ने रकम हातलागी हुनेछ । प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ । रोकिएको काम बन्नेछ। व्यापारमा प्रशस्त फाइदा हुनेछ । विशेष भेटघाट उपलब्धिमूलक रहनेछ । अरूलाई प्रभावित पारेर लाभ उठाउन सकिनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
स्थितिमा सुधार आउने छ । राेकिएका काम बन्नेछन् र पेसा–व्यवसायमा फाइदा हुनेछ । आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ । तर पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्ला । सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ । जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
मिहिनेत गर्दा केही काम बन्नेछन् । तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ । रोकिएको काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । पछि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । तर स्वास्थ्य कमजोर रहनेछ भने काममा साेचेको नतिजा प्राप्त नहुनाले आर्थिक क्रियाकलापमा बाधा पुग्न सक्छ । गोपनीयता बाहिरिनाले लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । विभिन्न भौतिक वस्तुहरू जुटाउन सकिनेछ । किनमेलमा अधिक खर्च हुनेछ । समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । फाइदाका पछि लाग्दा सम्बन्ध बिग्रन सक्छ । गाेप्य सूचना बाहिरिनाले समस्या पर्नेछ, सजग रहनुहोला । साँझदेखि अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ला ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
शत्रु र राेग परास्त हुनेछन् । यात्राको प्रक्रिया अघि बढ्नेछ । पुरुषार्थी काम सिद्ध गर्ने समय छ । प्रेम र मित्रताको बन्धन कसिनेछ । प्रतिस्पर्धा गर्नुपरे पनि विभिन्न अवसर प्राप्त हुनेछन् । राेकिएकाे काम सम्पादन हुनेछ । भौतिक साधन जुट्नाले दिगो काम सुरु हुनेछ । परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानीका स्रोत बढ्नेछन् । प्रतिस्पर्धामा विजयी भइनेछ। मिहिनेतले लक्ष्य प्राप्त हुनेछ । तर प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । स्वास्थ्यका कारण अध्ययनमा जुट्न नसकिएला । अरूका लागि धन र बुद्धि खर्चनुपर्ला । आवश्यकता पहिचान गर्न नसक्दा काममा पछि परिनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस